काठमाडौं, २० माघ । नेशनल लाईफ इन्स्योरेन्सले कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा ‘ लुम्बिनी लक्जरी टुर” अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।
कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ४ सय जना भन्दाबढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलज्यूको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।
उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरुबिच एक आपसमा घुलमिल हुने, नयाँ स्थानको भ्रमणको रमाइलो अनुभव बटुलिने, एकर्काबाट सिक्ने अवसर पाइनुका साथै यस्ता अवसरमा आयोजना हुने सिकाई कार्यक्रमबाट अभिकर्ता समूहको दक्षता र कार्यकुशलता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पुग्ने भएकोले यस्तो अभिकर्ता योजना ल्याएको बताउनुभयो । उहाँले अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएकोे बताउनुभयो ।
कार्यक्रमका सहभागी रुलाई धन्यवाद ज्ञापन गर्नुृहुँदै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्रस्थानमा पु¥याउनका लागि अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताउनुभयो ।
एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले संचालन गर्नुभएको सो कार्यक्रमका सहभागी अभिकर्ताहरुले नेपालको प्रसिद्धस्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।


















