Prakash Adhikari February 3, 2024

 

धोबिघाट(ललितपुर), २० माघ । बझाड. जिल्लामा जलविद्युत उत्पादन गरिरहेको कालंगा हाईड्रो लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रति शेयर रु. १००।- अङ्कित मूल्य भएका रु ४९ करोड रुपैया मूल्य बराबरका ४९ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । त्यसमध्ये सर्वसाधरणलाई जारी गरिने रु ३४ करोड ९० लाख रुपैया बराबरका ३४ लाख ९० हजार कित्ताको  प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ ।

ज्योति क्यापिटल र कलंगा हाइड्रो लिमिटेडबीच बिहिबार शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

कालंगा हाईड्रो लिमिटेडको रजिष्टर्ड कार्यालय, धोबिघाट , ललितपुरमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

Share Now