काठमाडौं, ६ फागुन। नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन्।
हेयर एण्ड शान्तिले नबिल बैंकका ग्राहकलाई बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट दिनेछ ।
यस्तो छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हेयर एण्ड शान्तिबीच संझोता भएको छ। संझौतापत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनिता बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो ।
हेयर एण्ड शान्तिले यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध गराउने छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।
नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।