काठमाडौं, १० फागुन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौं जिल्लामा दुई शाखा विस्तार गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले छुट्टा छुट्टै कार्यक्रममा दुवै शाखाको समुद्घाटन गर्नुभएको छ ।
उद्घाटन मन्तव्यमा उहाँले दुवै शाखाले ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने बताउनुभएको थियो ।
सन १९८६ मा नेपाल इण्डोश्वेज बैंकको नाममा स्थापित यो बैंक सन् २००२ मा यसमा रहेको क्रेडिट एग्रोकोल इन्डोश्वेजको शेयर नेपाली बैंकर तथा लगानीकर्ताले किनेपछि नेपाल इन्भेष्टमेण्ट बैंकको रुपमा नयाँ नामसहित ग्राहकहरुको सेवामा समर्पित रहदै आएको छ । सन्२०२३ को जनवरीमा मेगा बैंकलाई गाभेपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रुपमा सञ्चालन हुँदै आएको यस बैंकले आज सञ्चालनमा आएका सहित २६८ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
अत्याधुनिक प्रविधि, ग्राहकमैत्री व्यबहार र नयाँ बैंकिड. प्रोडक्टमार्फत ग्राहकहरुलाई सेवा पुर्याउदै आएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले गत महिना काठमाडौंका अनामनगर र शंखमूल तथा ललितपुरको सात दोबाटो र भैंसेपाटीमा नयाँ शाखाहरु खोलेको थियो ।