Prakash Adhikari March 2, 2024

काठमाडौं, १९ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गरेको खेलमा एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध महत्त्वपूर्ण जित हासिल गरेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड साबित्रा भण्डारी साम्बाले खेलको ८६ औं मिनेटमा मैदान प्रवेश गर्दै इन्ज्युरी समयमा गोल गरेकी हुन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै साम्बाले सुन्दर गोल गरेकी थिइन ।

त्यसअघि दोस्रो हाफको सुरुवातमा एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् ।

यस जितले ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

१६ खेलमा साम्बाको टोलीको १५ अंक पुगेको छ ।

रेलिगेसन क्षेत्रबाट अब क्लब ७ अंकले माथि पुगेको छ ।

वाफ खेलमा नेपाली राष्ट्रिय टिमलाई फाइनल पुर्याएकी साम्बा क्लबसंगको संझौता अनुरुप फाइनल खेल आरम्भ हुनुपूर्व नै फ्रान्समा फर्केकी थिइन ।

उनी वाफ खेलमा सर्वाधिक गोल गर्ने खेलाडी भइन । उनले खेल अवधिमा ९ गोल गरेकी थिइन ।

 

Share Now