Prakash Adhikari May 11, 2018

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसंग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीसंगको भेटमा दुई मुलुकका आपसी हित र चासोको विषयमा कुराकानी गर्दै सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने सम्बन्धमा वार्ता भएको बताइएको छ ।

त्यस्तै उपराष्ट्रपति पुनसंगको भेटमा दुई देशबीचको सांस्कृतिक, धार्मिक, ऐतिहासिक र सरकार तथा जनस्तरमा रहेको सम्बन्धलाई अझ न्यानो र प्रगाढ बनाउने बिषयमा कुराकानी भएको बताएको छ ।

Share Now

Leave a comment.