Prakash Adhikari May 12, 2018

मुक्तिनाथ (जोमसोम) , २९ बैशाख । । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिरबाट बिदा भएका छन्।

करिब एक घण्टा मुक्तिनाथको बसाईका क्रममा मोदीले मुक्तिनाथको पूजा अर्चना गरे। उनलाई मुक्तिनाथमा अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षम अजराज सुमार्गीले मोदीलाई सालिग्राम उपहार दिए।

त्यसपछि मोदीले स्थानीय बासीसँग भेट वार्ता गरे।

युवा अवस्थामा पनि मोदीले मुक्तिनाथमा विताएको बताइन्छ।

प्रधानमन्त्री मोदीको आधिकारिक च्यानलबाट उनको मुक्तिनाथ बसाईको लाइभ गरेको थियो।

Share Now

Leave a comment.