Prakash Adhikari May 12, 2018

काठमाडौं, २८ बैशाख। प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले पछिल्लो उच्चस्तरीय भ्रमणसँगै दुई पक्षीय सम्बन्धले नयाँ गति पाएको बताएका छन्।

आफूहरूको नेतृत्वमा दुई देशबीच भएको औपचारिक वार्तापछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनीहरूले त्यस्तो धारणा राखेका हुन्।

त्यसअघि उनीहरूबीच एक्लाएक्लै कुराकानी पनि भएको थियो।

दुवै प्रधानमन्त्रीले पत्रकार सम्मलेनको सुरुवातमा ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको स्वीच थिचेर शिलान्यास गेका थिए।

संखुवासभास्थित उक्त आयोजना भारतीय कम्पनी सतलजले ६ सय करोड भारुमा निर्माण गर्न लागेको हो।

प्रधानमन्त्री ओली र मोदीले पत्रकार सम्मेलनका के-के महत्त्वपूर्ण विषय उठाए?

प्रस्तुत छ केही बुँदा।

प्रधानमन्त्री ओली भन्छन्:

-आपसी समानता, सम्मान र फाइदाका आधारमा सम्बन्ध अघि बढाउने विषयमा जोड

-विगतमा जलमार्ग, रेलमार्ग, कृषि लगायतका क्षेत्रमा भएका सहमतिसँग सम्बन्धित विषय सेप्टेम्बर १९ सम्म सम्बोधन गर्ने

-पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन छिट्टै टुंग्याउने र त्यसका लागि दुवै देशका विज्ञहरूको बैठक बस्ने

-उर्जा व्यापार सम्झौता अनुकूल नरहेको भारतीय विद्युत खरिद निर्देशिका समीक्षा गर्न भारतीय पक्षले गरेको प्रयासको प्रशंसा

-नेपालमा रहेका प्रतिबन्धित भारु नोट सटहीबारे मोदीलाई आग्रह

-जलमार्गको कार्यान्वयनका लागि शीघ्र काम जरुरी रहेकोमा सहमत

-भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता

भारतीय प्रधामन्त्री मोदी भन्छन्:

 

-भ्रमणले नेपालप्रतिको भारतीय सरकार र आफ्नो प्राथमिकता झल्काउने टिप्पणी

-तीन तहको चुनाव गरेपछिको ऐतिहासिक समयमा नेपाल र इतिहासमा यो स्वर्णिम अक्षरमा लेखिनेछ

-समृद्धिसम्बन्धी ओलीको परिकल्पनामा भारतको भरपूर सहयोग

-जलमार्ग महत्त्वपूर्ण, नेपाल ल्यान्डलक्ड (भूपरिवेष्ठित) होइन ल्यान्डलिङ्क्ड (जमीनमार्गबाट जोडिने) र अझ वाटरलिङ्क्ड (जलमार्ग) बाट जोडिने होस्

-रक्सौल-काठमाण्डू रेलवेको सर्वेक्षण छिट्टै

-खुला सीमाको अवाञ्छित तत्वले प्रयोग नगरोस् भन्ने सुनिश्चित गर्न दुवै प्रधानमन्त्री सहमत

-व्यापार सन्धिको बृहत समीक्षा हुन्छ।

बीबीसीबाट

Share Now

Leave a comment.