
काठमाडौं, २९ बैशाख । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले संघको कार्य समिति विस्तार गरेकी छन्।
अध्यक्ष रेग्मीले संघको विधान अनुसार केन्द्रीय सदस्यहरु मध्येबाट उपाध्यक्षमा सरस्वती तिवारी र सचिवमा उषा रावत मिश्रलाई मनोनयन गरिएको जनाएकी छन् ।
उनले उध्यक्षमा निहित अधिकारको प्रयोग गर्दै महाधिवेशन प्रतिनिधिहरु मध्येबाट केन्द्रीय सदस्यहरुका छलिकुमार शर्मा उपाध्यय चितवन,कमला भट्ट बाँके,गंगा अबाल भक्तपुर, नारायणी रायमाझी बारा, मैया बस्नेत सर्लाहीलाई मनोनयन गरेकी छन् ।