Prakash Adhikari May 12, 2018

 

काठमाडौं, २९ बैशाख ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका नेताहरुलाई युवा पुस्तालाई अगाडि सार्न सुझाव दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको नेपाली काँग्रेसका नेताहरुको सामूहिक भेटघाटका अवसरमा उनले सो सुझाब दिएका हुन् ।

भारतका प्रधानमन्त्री मोदीसँग पूर्व प्रधानमन्त्री देउवा, वरिष्ठ काँग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटोला,  नेता  अर्जुननरसिंह केसी र संसदीय दलका उपनेता वियकुमार गच्छदारले शनिवार  अपराह्न होटल हायातमा भेटवार्ता गरेका   थिए।

भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको भेटपछि नेका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सञ्चारकर्मीलाई बताए।

भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा धार्मिक पर्यटन र धार्मिक सम्बन्धले बढी चर्चा पाएको उल्लेख गर्दै उनले यसले दुबै देशको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे। उपनेता गच्छदारका अनुसार नेपाली काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमा समेत दुई नेताबीच कुराकानी भएको थियो।

भेटमा सभापति देउवाले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दैआएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए। सभापति देउवाको भनाइ उद्धृत गर्दै गच्छदारले भने, “राजनीतिक सहमतिमा जारी भएको संविधान कार्यान्वयन गर्दै नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासमा अगाडि बढिरहेको छ।”

भारतका प्रधानमन्त्री मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिएको उनले जानकारी दिए। रासस

Share Now

Leave a comment.