गलकोट (बागलुङ), ४ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताउनुभएको छ ।
उहाँले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रले लगानी बढाएको दृष्टान्त पेस गर्दै मुलुकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र रहेकाले तिनको विकास र विस्तारमा सरकार, व्यवस्थापन समिति तथा स्थानीयहरुसँग सहकार्य गरी अघि बढ्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।
धार्मिक आस्थाका धरोहरहरुको विकास र विस्तारका लागि ती क्षेत्रमा पर्यटन पूर्वाधार बन्नु आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले आफूहरुले बुटबलको कामाख्यादेवी र गैंडाकोटको मौलाकालीमा केबलकार निर्माण गरिसकेको र कैलालीको जाल्पादेवी र ताप्लेजुङको पाथीभरामा निर्माण प्रक्रिया सुरु भएको जानकारी पनि दिनुभयो । आज बागलुङको चैते दसैँ मेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलकका धार्मिक तथा सांस्कृतिक आस्थाका धरोहरहरुमा पर्यटन पूर्वाधार बन्नु भनेको ती सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै भक्तजनहरुलाई पनि सहजता प्राप्त हुनु हो । त्यसैले जहिले पनि निजी क्षेत्रले पूर्वाधारमार्फत पर्यटन प्रवद्र्धनमा जोड दिने गरेको छ ।”
उहाँले विश्वका हिन्दू तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने प्रवेशद्वार बागलुङ र पर्वत रहेकाले त्यहाँ जाने मार्गका साथै कालीकण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको पूर्णता र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनबाट यस क्षेत्रमा समृद्धि प्राप्त हुने बताउनुभयो । उहाँले बागलुङको ऐतिहासिक चैते दसैँ मेला स्थानीय उत्पादनको खरिद–बिक्री केन्द्रका रुपमा स्थापित भएको बताउँदै यस्ता मेला महोत्सवबाट मौलिकता र स्थानीयताको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
कालिका मन्दिरको इतिहाससँग जोडिएको चैते दसैँ मेला बागलुङमा तीन सय वर्ष पुरानो रहेको बताइन्छ । यसै अवसरमा आयोजित मेलाको आज औपचारिक उद्घाटन गरिएको हो ।
त्यस अवसरमा अध्यक्ष ढकालले आदर्श सञ्चारमा कार्यरत सृजना पन्त र धौलागिरि एफएममा कार्यरत ताराप्रसाद शर्मालाई कालिका पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री चम्पा खड्का, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालगायतले यस मेलाको ऐतिहासिक पक्षका बारेमा जानकारी गराउनुभएको थियो । यस अवसरमा बागलुङको कालिका मन्दिरमा पाँच लाख दर्शनार्थी आउने अपेक्षा रहेको समितिका अध्यक्ष खड्काले बताउनुभयो । गएको शुक्रबारदेखि सुरु भएको मेलामा आज मुख्य दिनसम्म दुई लाख ५० हजारभन्दा बढी दर्शनार्थी आइसकेका अध्यक्ष खड्काले बताउनुभयो ।
मेलामा हालसम्म दुई करोडभन्दा बढीको काराबार भइसकेको उहाँको भनाइ छ । मेला जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, स्थानीय उद्योगी व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाइँदै आइएको छ ।
विष्णु नेपाल र वासुदेव पौडेल/रासस गण्डकी, २० जेठः विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको […]
काठमाडौँ, १५ जेठः सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]
भोजपुर, २२ जेठः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]