
सिमिकोट(हुम्ला) २ जेठ । सम्पर्कविहिन भएको मकालु एयरको नाइन एन जेयु जहाज दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा भेटिएको छ ।
हुम्लाको खार्पूनाथ गाउँपालिकाको लामा डाडाँथीको बाहुन खर्कमा दुर्घटानाग्रस्त अवस्थामा जहाज भेटिएको बताइएको छ ।
अनुसार जहाज टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ भने जहाजमा सवार चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानमा चालक दलका सदस्य किरण भट्टराई र आदित्य नेपाली रहेका छन् ।
सुर्खेतबाट सिमकोटका लागि उडेको विमान बाजुराको आकाशबाट बेपत्ता भएको थियो । घटनास्थलमा २ वटा हेलिकप्टर सहित सुरक्षाकर्मी पुगिसकेको बताइएको छ ।