Prakash Adhikari April 22, 2024

 

काठमाडौं, १० बैशाख । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोकशम्शेर राणा पुनः नियुक्त हुनुभएको छ । बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

 

Share Now