‘स्टाइलिस प्लेयर अफ द म्याच’
सन्दिपले खेलमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ भएर १ लाख भारतीय रुपैयाँ पाएका छन् ।
नयाँदिल्ली(भारत), ४जेठ । इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार भएको दिल्ली र चेन्नईबीचको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभर बलिङमा जम्मा २१रन दिएर उनले एक विकेट लिन भ्याए । सो विकेटको शिकार भएर भारतीय राष्टिय क्रिकेट टीमका सुरेश रैना ।
दिल्ली डेयर डेभिल्स र चेन्नेई सुपर किंग्सको खेलमा उनले ५.२५ इकोनोमीमा बलिङ गरेका हुन्।
दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दिपले आफ्नो पहिलो ओभरका ६ बलमा मात्र दुई रन लिन दिए । यस ओभरमा अस्ट्रेलियन शेन वाट्सनले सन्दीपका सबै बल खेले। दोस्रो बलमा २ रन लिनबाहेक उनले अन्य बलमा एक रन लिन सकेनन्।
त्यसपछि ११ औ ओभरमा खेल्न आएका सन्दीपले पुरै ६ बलमा जम्मा ५ रन लिन दिए ।
भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाविरुद्ध पनि सन्दीपले उत्कृष्ट बलिङ गरे। टिमको ११औं ओभरमा आफ्नो दोस्रो बल फाल्दै धोनी र रैना सिंगल रनमा दौडन बाध्य पारे । यो ओभरमा धोनीले र सुरेशले तीन तीन रन लिए ।
सन्दीपले १४ औं ओभरको पहिलो बलमा भारतीय राष्टिय खेलाडी सुरेश रैनाको विकेट लिदैं ऐतिहासिक सफलता हात पारे। १५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए।
आइपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो। यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए।
आएका सन्दीपले २ रनमात्रै खर्चिएर १ विकेट हात पारेको ओभरको पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा बिलिङ्सले १ रन लिए। तेस्रो बलमा धोनीले एक लिएर बिलिङ्सलाई स्ट्राइक दिए। चौथोमा बिलिङ्सले रन लिए पाचौ र छैठौं बलमा रनरहित भए ।
१६ औं ओभरमा पुन बलिड. गर्न आएका सन्दीपले यस ओभरमा १ छक्कासहित ११ रन लिन दिए । पहिलो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरेका थिए भने दोस्रो बलमा २ रन लिएका थिए। तेस्रो बलमा एक रन लिएर धोनीलाई स्ट्राइक छोडेका थिए। धोनीले चौथो बलमा एक रन लिए। पाँचौ बलमा जडेजाले १ रन लिए भने अन्तिम बलमा धोनीले पनि रन लिन सकेनन्।
सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि आइपीएलमा दिल्ली डेयरडेभिल्सले चेन्नर्इ सुपरकिंग्सलार्इ ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको छ।
आफ्नो टोलीलार्इ जिताउन महत्वपूर्ण भुमिका खेलेपछि स्टाइलिस प्लेयर भएका सन्दीपले आफूले सकेसम्म राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन्।
‘स्टाइलिस प्लेयर अफ द म्याच’
सन्दिपले खेलमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ भएर १ लाख भारतीय रुपैयाँ पाएका छन् ।
दिल्लीसंग चेन्नई पराजित
दिल्लीले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२८ रनमात्र बनायो । उसलाई थोरै रनमा रोक्न दिल्लीका लागि अमित मिश्र र सन्दिप लामिछानेले ८ ओभरमा ४१ रन खर्चेर ३ विकेट हात पारेका थिए । मिश्रले ४ ओभरमा २० रन खर्चेर २ तथा लामिछानेले २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए । ट्रेन्ट बोल्टले पनि २० रनमा २ विकेट लिए ।
चेन्नाईका लागि अम्बाती रायडुले ५० रन बनाउन २९ बलमा ४ चौका र समान छक्का प्रहार गरेपनि अन्य खेलाडीको साथ नपाउँदा पराजित हुन पुग्यो ।
यसअघि टस हारेर घरेलु मैदानमा ब्याटिंगको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन जोडेको थियो । उसको इनिंगमा अन्त्य तर्फ हर्षल पटेलले ३६ ९१६ बल, १ चौका ४ छक्का ० तथा विजय शंकरले समान ३६ रन ९२८ बल, २ चौका , २ छक्का० प्रहार गर्दै दिल्लीलाई सम्मानजनक स्कोर तर्फ पुर्याएका थिए ।
ओपनर द्वय पृथ्वी सः र श्रेयस अय्यर क्रमश व्यक्तिगत १७ र १९ रन बनाएर पभेलियन फर्किएका थिए । दिल्लीको इनिंगलाइ अगाडी बढाउने क्रममा रिसभ पन्तले सर्वाधिक ३८ रन जोडेका थिए । उनले ३८ रन जोड्ने क्रममा २६ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
चेन्नाईको बलिंगमा लुंगी एंगीडीले सर्वाधिक २ विकेट चट्काएका थिए । यस्तै दिपक चाहर, रभिंद्र जडेजा र शार्दुल ठाकुरले समान १(१ विकेट लिएका थिए ।
,इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत भएको दिल्ली डेयर डेभिल्स र चेन्नाई सुपरकिंग्सबिचको खेलमा दिल्लीले चेन्नाईलाई ३४ रनले पराजित गरेको छ ।
दिल्लीले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२८ रनमात्र बनायो । उसलाई थोरै रनमा रोक्न दिल्लीका लागि अमित मिश्र र सन्दिप लामिछानेले ८ ओभरमा ४१ रन खर्चेर ३ विकेट हात पारेका थिए । मिश्रले ४ ओभरमा २० रन खर्चेर २ तथा लामिछानेले २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए । ट्रेन्ट बोल्टले पनि २० रनमा २ विकेट लिए ।
चेन्नाईका लागि अम्बाती रायडुले ५० रन बनाउन २९ बलमा ४ चौका र समान छक्का प्रहार गरेपनि अन्य खेलाडीको साथ नपाउँदा पराजित हुन पुग्यो ।
यसअघि टस हारेर घरेलु मैदानमा ब्याटिंगको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन जोडेको थियो । उसको इनिंगमा अन्त्य तर्फ हर्षल पटेलले ३६ (१६ बल, १ चौका ४ छक्का ) तथा विजय शंकरले समान ३६ रन (२८ बल, २ चौका , २ छक्का) प्रहार गर्दै दिल्लीलाई सम्मानजनक स्कोर तर्फ पुर्याएका थिए ।
ओपनर द्वय पृथ्वी सः र श्रेयस अय्यर क्रमश व्यक्तिगत १७ र १९ रन बनाएर पभेलियन फर्किएका थिए । दिल्लीको इनिंगलाइ अगाडी बढाउने क्रममा रिसभ पन्तले सर्वाधिक ३८ रन जोडेका थिए । उनले ३८ रन जोड्ने क्रममा २६ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
चेन्नाईको बलिंगमा लुंगी एंगीडीले सर्वाधिक २ विकेट चट्काएका थिए । यस्तै दिपक चाहर, रभिंद्र जडेजा र शार्दुल ठाकुरले समान १-१ विकेट लिएका थिए ।