काठमाडौं, २३ वैशाख। जनता समाजवादी पार्टी (जसपा) मा विभाजन आएको छ । संघीय परिषद् अध्यक्ष ओशक राईले बहुमत सांसदको समर्थनमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिनुभएको छ।
प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी फुटको छ । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी समेत यादवको नेतृत्वलाई गुडवाई गर्दै अशोक राई समूहको नयाँ पार्टीमा जानुभएको छ ।
नयाँ दलमा जसपाका संघीय परिषद् अध्यक्ष राई र बनमन्त्री सुडीसँगै सांसदहरु प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ खुलेर लाग्नुभएको छ। दल दर्ताको निवेदन दिन उहाँहरु सबै आयोग पुग्नुभएको थियो ।
नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसको अध्यक्षमा अशोक राई र संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका ३० जना पनि नयाँ दलमा रहेको सांसद प्रदीप यादवले जानकारी दिनुभएको छ ।
राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ। सहअध्यक्ष रेणुकुमारी यादव हुनुहुन्छ।
नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ।
सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव बन्नुभएको छ । डा. वीरेन्द्र महतो कोषाध्यक्ष बस्नुभएको छ ।
नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ।