Prakash Adhikari May 15, 2024

 

 

पुल्चोक(ललितपुर), २ जेठ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उनीमाथि लगाइएको बलात्कार आरोपबाट सफाई पाएका छन् ।

काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर गरी कैद सजाँय तोकिएका सन्दीप आफू निर्दोष रहेको जिकीर गर्दै उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उक्त प्रकृतिको घटना बलात्कार नठर्ने फैसला गरेको हो।

मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो।

 

जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए। उनलाई अदालतले थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुसमा सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो। तर जिल्ला अदालतले यस प्रकरणमा संलग्न युवतिको उमेर १८ बर्ष पूरा भएको ठहर गरेर उमेर पुगेका दुइ युवायुवती बीचको सहमतिको यौन सम्पर्क कसूरजन्य अपराध नठहरिने मार्ग प्रशस्त गरिदिएको थियो । अन्नपूर्ण राणाले आफ्नो आमा र भाइसंग अंश माग गरी दायर गरेको मुद्धामा सर्वोच्च अदालतले उमेर पुगेका युवयुवतीबीचको यौन सम्पर्क अपराधजन्य कसूर हुन नसक्ने व्याख्या गरेको थियो ।

यस प्रकरणमा सन्दीप र गौशाला २६ (सांकेतिक नाम) बीच शारीरिक सम्बन्ध मञ्जुरीमा भएको थियो कि थिएन, पीडितको उमेर १८ वर्ष नाघेको थियो कि थिएन भन्ने मूल विवाद थियो।

जिल्ला अदालतले जन्म दर्ता प्रमाणपत्रलाई आधार मानी करणीका बखत पीडित १८ वर्ष पुगिसकेको मानेको थियो। तर, सम्पन्न अनि प्रभावशाली व्यक्तित्व भएका सन्दीपले पीडितको विपन्नताको गलत फाइदा उठाएर योन्सम्न्ध राखी राखेको हनसक्ने शाशंकामा बलात्कार ठहर गरेको थियो।

यसअघि वैशाख ३ गते उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता प्रमाणपत्र बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दिएको थियो।

जाहेरवालाका तर्फबाट सरकारी वकिल कार्यालयले पनि उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा पुनरावेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो।

जाहेरवाला र सन्दीप दुवैका पुनरावेदन एकसाथ राखी अदालतले सुनुवाइ अगाडि बढाएको थियो।

यो फैसला संगै नेपाली क्रिकेटका उम्दा प्रतिभा सन्दीप लामिछानेले न्याय पाएका छन् । उनको क्रिकेटको भविश्य जोगिएको छ । नेपालले फेरी एक प्रतिभाशाली क्रिकेटर विदेशी रगमञ्चमा नेपालको इज्ज्त राखेको हेनै पाउने भएको छ । यसले खेलडीहरुलाई लागूपदार्थको अलवा विषकन्याहरुसंग जोगिनुपर्ने महत्वपूर्ण सन्देश पनि दिएको छ ।

Share Now