
काठमाडौं, ८ जेठ । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानालाई सञ्चालक समितिले थप दुई बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ ।
मिति २०८१ सालजेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ सालअसार १७ गतेदेखि लागूहुने गरी थपदुई वर्षकालागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनःनियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापनतह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुल्नुभएका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि निरन्तरता दिएको बैंकले जनाएको छ ।
राष्ट्रिय तथाअन्तर्राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रको विज्ञतासहित लामो अनुभव हासिल गर्नुभएका ढुङ्गाना विषम परिस्थितिमा समेत कुशल नेतृत्व देखाउने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित हुनुहुन्छ। चार्टड एकाउन्टेन्टको रुपमा नेपालको बैंकिड. क्षेत्रमा प्रवेश गर्नुभएका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दख्खलता रहेको छ ।
नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा एक दशक नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ्ग क्षेत्रमै उदाहरणीय रहेको छ । यस बाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभवसमेत रहेको छ । नबिल बैंकको शाखः र विश्वसनीयतालाई थप उचाइमा पु(याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ ।
भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका ढुङ्गानालाई नेपालको बैंकिङ्ग क्षेत्रमा पु(याएको उत्कृष्ट योगदानकालागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पदकद्वारा विभुषित गरिएको थियो । साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत हुनुभएको थियो ।
नेपालको अग्रणी बाणिज्य बैंक नबिलका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ्ग क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।