
काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थोपचारका लागि ग्रान्डी अस्पतालले भारतबाट चिकित्सक मगाउने भएको छ।
उनको आन्तरिक रक्तश्राव नरोकिएपछि अस्पताल व्यवस्थापक र चिकित्सकहरूको सुझावमा भारतबाट चिकित्सक मगाउन लागिएको हो ।
घिमिरेका कान्छा छोरा राजीव घिमिरेका अनुसार राष्ट्रकवि विगत तीन महिना यता अस्वस्थ भएकोले अस्पताल लाने र ल्याउने क्रम चलेको थियो।
गत हप्ता अलिक चापेपछि अस्पताल लैँजादा आन्तरिक रक्तश्राव भएको पत्ता लागेको थियो।
ग्रान्डीमा आन्तरिक रक्तश्राव रोक्ने मेसिन भएपनि दक्ष चिकित्सक नभएकाले भारतबाट मगाउने प्रक्रिया अगाडि बढेको राजीवले जानकारी दिए।
अहिले राष्ट्रकवि घिमिरेको उपचारमा डा. विदुर शर्मा, डा. ओममूर्ती अनिल, डा. सुरेन्द्र पाण्डे र डा. उपेन्द्र लगायत संलग्न छन् ।