Prakash Adhikari May 23, 2018

काठमाडौं, ९ जेठ । सरकारको नेतृत्व सम्हालेको करिब तीन महिनापश्चात् मन्त्रीहरूले बुझाएका आ(आफ्नो सम्पत्ति विवरण मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा राखिएको छ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा हाल उनीसहित १८ जना मन्त्री तथा चार राज्यमन्त्री छन्।

उनीहरूले घरजग्गा, शेयर, ब्यांक निक्षेप तथा सुनचाँदी जस्ता सम्पत्तिको विवरण दिएका छन्।

ती विवरण सर्सर्ती हेर्दा कोही मन्त्री करोडपति त कोही सामान्य आर्थिक हैसियतका देखिन्छन्।

विवरण अनुसार मन्त्रीको सम्पत्ति यसप्रकार देखिन्छः

 

यस्तो छ मन्त्रीहरूको सम्पत्ति विवरण :

१.प्रधानमन्त्री  केपी शर्मा ओली,  भक्तपुरमा १.५ रोपनी र झापामा १० कट्ठा जग्गा, भक्तपुरमा ३ तले घर, १८ तोला सुन, ५२ लाख नगद रुपैयाँ र २५ लाखको शेयर।

२. रक्षामन्त्री  ईश्वर पोखरेल, काठमाडौं धापासीमा ३ तले घर, जग्गाः झापामा १२ कट्टा, भक्तपुरमा १ रोपनी ११ आना र धादिङमा ४ रोपनी, सुन ९ तोला, चाँदी २५ तोला, नगद १३ लाख ४० हजार र शेयर १५,२०० कित्ता।

३.गृहमन्त्री  रामबहादुर थापा,  चितवनमा पैत्रिक घर, चितवनमै साढे ७ धुर जग्गा, नगदः ३ लाख ८० हजार १९३, शेयर १४६ कित्ता, दुई कुकुर।

४. परराष्ट्रमन्त्रीप्रदीपकुमार ज्ञवाली,  काठमाडौंमा पक्की २ तले घर, सुन २ तोला, नगदः २ ला ५९ हजार २८३, पुस्तक २ हजार ५००।

५. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीवर्षमान पुनः  रोल्पामा २५ र ३५ वर्ष पुराना २ घर, रोल्पामै तीन ठाउँमा पुर्ख्यौली जग्गा, सुन १५ तोला, चाँदी २ किलो,नगदः १० लाख ५० हजार, दुई सवारी साधन।

६. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  गिरीराजमणि पोखरेलः खोटाङमा २ घर, नगदः ३ लाख ८० हजार ९९३,पाँच हजारको शेयर। पूर्ण विवरण
७. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवः  सिरहा र धनुषामा २ घर, जग्गाः सिरहा २ ठाउँ, धनुषा ४ ठाउँ र ललितपुरको चापागाउँमा, सुन १६ तोला, नगदः ५ लाख ५२ हजार ८७२ र सवारी एक थान।

 

८. भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठः घरः धनुषामा २ र ललितपुरमा १, जग्गाः धनुषा ४ ठाउँ, ललितपुर २ ठाउँ र सिन्धुलीमा, सुन ५२ तोला, चाँदी १.५ किलो,जवाहरत, नगद ७२ लाख, शेयर ४० करोड २ लाख २० हजार बराबरको।

९. श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टः  घरः काठमाडौंमा १ पक्की, गुल्मीमा २ कच्ची, गुल्मीका ८ ठाउँमा जग्गा, सुन ७ तोला, नगदः ७ लाख ४० हजार १३३, शेयर ३१४ कित्ता।

१०. वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतः  जाजरकोटमा पैत्रिक घर र २ ठाउँमा जग्गा, माओवादीको स्करपियो सवारी,१७ लाख नगद,सुन ५ तोला, चाँदी १० किलो,शेयर ३ लाख १० हजार रुपैयाँ बराबरको।

११. संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री  लालबाबु पण्डित, मोरङ, ललितपुर र सर्लाहीमा जग्गा, सुन १० तोला,चाँदी १५ तोला, नगद ५५ लाख, पुरानो साइकल।

१२. महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाः  म्याग्दीमा १ घर, सुन १ तोला र १५ हजार नगद।

१३. अर्थमन्त्री  युवराज खतिवडा, काठमाडौंमा २ घर, जग्गा ः भक्तपुर २,झापा २,दोलखा १ र काठमाडौं १ ठाउँमा, सुन १० तोला, चाँदी १ किलो,नगद १ करोड ६१ लाख (डलरको आजको मूल्यका आधारमा), शेयर ५ हजार ५० कित्ता र सवारी १ कार।

१४. युवा तथा खेलकुदमन्त्री  जगतबहादुर सुनार, कास्कीका १ घर, पोखरा लेखनाथ नगरपालिकामा ४ रोपनी जग्गा, सुन ५० तोला, नगद २० लाख, शेयर ४ हजार कित्ता।

१५. संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीः  कास्कीमा २ र काठमाडौंमा १ घर, पोखरामा ९४.५ रोपनी जग्था, सुन ६० तोला,चाँदी ३० किलो,नगद २४ लाख ५७ हजार ५००, शेयर ३० लाख २६ हजार बराबरको, सवारी १ कार।

१६. कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङः  काठमाडौंमा डाइतले घर, जग्गाः सिन्धुपाल्चोक ३, मोरङ ९, खोटार र काठमाडौं एकएक ठाउँमा, सुन ३० तोला, नगद १ लाख २८ हजार ९४२ रुपैयाँ, १५ लाख रुपैयाँबराबरको शेयर र २ सवारी।

१७.कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री  चक्रपाणि खनालः कपिलवस्तु र रुपन्देहीमा जग्गा, ६ तोला सुन, १४ लाख ९६ हजार रुपैयाँ नगद, शेयर १० लाख ३७ हजार २७५ को रुपैयाँ बराबरको र १ स्कुटर।

१८. खानेपानीमन्त्री विना मगर,  प्रकाश दाहाल र सीता दाहालको नाममा चितवनमा ३ कट्ठा जग्गा,सुन ५ तोला र चाँदी १६ तोला।

Share Now

Leave a comment.