Prakash Adhikari June 3, 2024

काठमाडौं, २१ जेठ । नेपाली उपभोक्ताबीच अत्यधिक लोकप्रिय बनेको चाउचाउ वाइवाइले आर्इृसीसी टी–२० विश्वकपमा सहभागी प्रत्येक खेलाडी र समग्र टिमलाई प्रोत्साहित गर्ने नयाँ पुरस्कार योजना सार्वजनिक गरेको छ ।

नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपद्धारा प्रबद्र्धित सिजी फुड्स् प्रा. लिले प्रत्येक रन, चौका, छक्का, अर्धशतक, शतक र प्रत्येक जितका लागि आकर्षक पुरस्कार घोषणा गरेको हो । नेपाली टोली सुपर–८ मा पुगे कम्पनीले नेपाली राष्ट्रिय टिमलाई ३० लाख रुपैया पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ।

यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाइ वाइ चाउचाउको तर्फबाट नगद ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
वाइ वाइ चाउचाउले जारी विश्वकपमा नेपाली टिमलाई प्रोत्साहित गर्न ं प्रत्येक रन बनाए वापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने छ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । चौधरी गु्रप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ । वाइवाइले त्यो बेलादेखि नेपालको क्रिकेट विकासका लागि लगानी गर्न थालेको थियो जुन बेला क्रिकेट खेलको मैदानमा दर्शक नै हुदैनथे ।

‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ । हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् ता पनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभएको छ ‘वाइ वाइ विगत २० बर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ । र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइ वाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’

नेपालले टी–२० विश्वकपको श्रृंखला अन्तरगत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ । नेपाली टोलीले जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । यी मध्ये श्रीलंका,दक्षिण अफ्रिका र बंगलादेश तीन वटै राष्ट्रहरु टेष्ट मान्यता प्राप्त राष्ट्र हुन् ।

Share Now