Prakash Adhikari June 4, 2024

ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), २२ जेठ । आईसीसी पुरुष टी २० विश्वकप अन्तरगत अमेरिकाको टेक्सास राज्यको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा सुरु भएको नेपाल र नेदरल्याण्डबीचको खेलमा नेदरल्याण्डले टस जितेको छ । उसले पहिले फिल्डिड. रोजे पनि नेपाली टिमले पहिले ब्याटिड. गर्ने भएको छ ।

केही समय अगाडिसम्म पानी परेकोले मैदान ओसिलो भएपछि नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा टसमा केहीबेर ढिला भएको थियो। नेपाल र नेदरल्याण्ड्सबीचको खेलका लागि निर्धारित समय नेपाली समयअनुसार सवा ९ बजेका लागि तय भएको थियो। तर टस केही पछि सर्यो ।

१० वर्षपछि विश्वकपमा सहभागी भएको नेपाल कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको छ ।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको प्लेइङ ११ मा कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र सागर ढकाललाई उतारेका छन् ।

सन् २०१४ पछि टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपमा विजयी सुरुवात गर्ने योजनामा छ।

नेपाली टिम विश्वकप खेलमा अगाडि बढ्न नेदरल्याण्ड्सलाई पराजित गर्न आवश्यक छ । किनकी नेपालको समूहका अन्य तीन राष्ट्रहरु श्रीलंका,दक्षिण अफ्रिका र बंगलादेश टेष्ट राष्ट्र हुन् । यो समूहलाई ग्रुप अफ डेथ पनि भनिएको छ।

 

Share Now