Prakash Adhikari May 25, 2018

विराटनगर,११ जेठ । साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरुीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रेवत आचार्यलाई पक्राउ गरेको छ ।

आचार्यलाई बिहिबार साँझ साढे ९ बजे प्रहरुीले नियन्त्रणमा लिएको हो ।

सुन तस्करी सनम हत्याकाण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

आर्चायले गएको चुनावमा सांसद घनश्याम खतिवडालाई गोरेबाट २ लाख चुनाव खर्च उपलब्ध गराएका थिए ।

उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ ।

Share Now

Leave a comment.