Prakash Adhikari May 25, 2018

वीपी स्मृतिभवन,सानेपा(ललितपुर), ११ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ सालमा भएको निर्वाचनमा भएको पराजयर्ला आगामी निर्वाचनमा विजयमा बदल्ने संकल्प लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाल सांस्कृतिक संघले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको विशेष कार्यक्रममा उनले दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु देश र कांग्रेसका लागि राम्रो भएको बताए ।

उनले कम्युनिष्ट पार्टीहरुको एकीकरणलाई कांग्रेसले अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

‘उनले कम्युनिष्ट पार्टीको एकीकरणलाई चुनौतीका साथसाथै अवसर को रुपमा लिनुर्ने बताउदै भने, ‘अब नेपाली कांग्रेस अल्टरनेटिभमा रहनेछ, हाम्रा कमजोरी हटाएर एकवद्ध भएर अघि बढ्नुपर्छ ।’

कांग्रेसले चुनाव हार्‍यो भनेर आत्तिनुनपर्ने भन्दै देउवाले अबको ५ वर्ष हारलाई विजयमा परिणत गर्ने गरी काम गर्नुपर्ने बताए । ‘चुनाव हारेको छ भनेर आत्तिने कुरा छैन’ देउवाले भने ‘५ वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्छ ।’

अहिले पार्टीमा अनुशासन भन्ने नै नरहेको भन्दै देउवाले अन्तरघातको रोग रहेसम्म चुनाव जित्न नसकिने बताए । ‘जबसम्म पार्टीमा अन्तरघात भन्ने रोग रहन्छ । तबसम्म चुनाव जित्न सकिदैन, अहिले अनुशासन भन्ने नै छैन । यो सबै कमजोरीलाई हटाएर पार्टीलाई पुरानै ठाउँमा पुर्‍याउनुपर्छ’ उनले भने ।

नेपाल सांस्कृतिक संघको बाह्रौ स्थापना दिवसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता श्री रामचन्द्र पौडेल, उपसभापति श्री बिमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाल महिला संघकी सभापति उमा रेग्मी र नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापाले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

Share Now

Leave a comment.