Prakash Adhikari June 15, 2024

किंड.गसटाउन(सेन्टभिसेन्ट), १ आषाढ । आईसीसी पुरुष टी २० विश्वकप अन्तरगत समूह डी को तेस्रो खेल जित्ने स्थितिमा हुँदाहुँदै नेपालको हातबाट फुत्केको छ । नेपालका ब्याटरहरुले सम्हालिन नजान्दा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित हुन पुग्यो र आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने नेपालको सम्भावनामा पूर्णविराम लाग्यो।

शनिबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनमा सीमित भयो।

नेपालका लागि आशिफ शेखले ४२, अनिल साहले २७, कुशल भूर्तेलले १३, सोमपाल कामीले ८, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले ६, कुशल मल्लले १ रन बनाए,। क्याप्टेन रोहित पौडेल शून्य रनमा नै आउट भए ।

नेपाललाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका तबरिज साम्सीले ४, एण्ड्रिज नोर्च र एडम माक्रमले १ । १ विकेट लिए ।

एक समय हार नजिक पुगेको नेपाली टोलीलाई सोमपाल कामीले छक्का प्रहार गर्दै जितको आशा दिलाएका थिए। तर अन्तिम बलमा गुल्सन रन आउट हुँदा नेपालको सुपर ८ खेल्ने सपना अधुरै रहेको हो।

तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराए पनि टोलीको हार टार्न सकेनन्।

२४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका अनिल चौधौँ ओभरको चौथो बलमा आउट भए। चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए।

१८ औँ ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमाएको नेपालले अन्तिम बलमा आशिफ शेखलाई गुमाएको हो। ४९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ बोल्ड आउट भए। दोस्रो ओभरको पाचौँ बलमा ओपनर आशिफ शेखले जिवनदान पाएका थिए। कागिसो रवाडाको बलमा क्याच छुट्टा जिवनदान पाएका थिए।

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो। आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए।

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो। आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए।

त्यसअघि वेस्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो।

नेपाल विरुद्ध राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो समय नेपालका बलर हावी भए।

दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किए। कुशलले आफ्नो स्पेलमा १९ रन दिएर चार विकेट लिए। दिपेन्द्रले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए।

सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने र अविनास बोहोरा विकेट विहिन रहे।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनड्रिकले सर्वाधिक ४३ रनको योगदान दिए। दिपेन्द्रले १६ औ ओभरको तेस्रो बलमा ओपनर हेनड्रिकलाई आफैले क्याच लिदै आउट गराए। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने।

यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।

दीपेन्द्रलेले १८ औँ ओभरको तेस्रो बलमा डेविड मिलरलाई ७ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए।

कुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए। त्यसअघि कुशलले नै १२ औ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए।

कुशलले नै मार्को जेसन र कागिसो रवाडालाई सस्तैमा आउट गरे। दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब २७ रनमा अविजित रहे।

भएको समूह डी को खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले हारेसँगै नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपाल श्रीलंकासँग भने खेल्नै पाएन। वर्षाका कारण खेल रद्द भयो।

नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

दक्षिण अफ्रिका यसअघि नै लगातार तेस्रो जित निकाल्दै सुपर ८ मा पुगिसकेको छ। ऊ समुह चरणक चारवटै खेलमा अपराजित रहेर सुपर ८ खेल्ने छ।

 

Share Now