जर्मनी, ५ आषाढ(एजेन्सी) । युरो कप २०२४ अन्तरगत मंगलबार राती भएको खेलमा पोर्चुगलले चेक गणतन्त्रलाई २ १ ले पराजित गरेको छ।
कप्तान समेत रहेका ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी सहभागितामा भएको खेलमा खेलमा पोर्चुगलले सहज जित हासिल गरेको हो।
खेलमा भाग्यमानी मानिएको पोर्चुगलले पहिलो गोल नै उपहार पाएको थियो । उसको लागि दोस्रो गोल फ्रान्सिस्को कन्सेईकाओले गरे ।
चेकका लागि लुकास प्रोभोडले गोल गरेका हुन् ।
प्राभोडले ६२ औं मिनेटमा गोल गर्दै चेकलाई अघि बढाएका थिए।
६९औं मिनेटमा चेकका ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल पनि १–१ को बराबरीमा आयो । इन्ज्युरी समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगल विजयी भएको हो ।
यूरो कपको इतिहासमा ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बन्दै रोनाल्डोले नयाँ कीर्तिमान कायम गरेका हुन्।
२००४ देखि युरोकपमा सहभागी हुन थालेका रोनाल्डो त्यसपछि लगातार सबै संस्करणमा सहभागिता भएका छन्।
समूह डीमा समान अंकसहित टर्की शीर्ष र पोर्चुगल दोस्रोमा छ । चेक र जर्जिया अंकविहिन छन् ।
टर्कीद्धारा ३-१ ले जर्जिया पराजित
पहिलो पटक युरो कपमा सहभागिता जनाइरहेको जर्जिया टर्कीसंग पराजित भएको छ ।
समूह एफ अन्तर्गतको पहिलो खेलमा टर्कीले जर्जियालाई ३-१ ले हराएको हो ।
२५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो । बक्स भित्रबाट क्लियर भएर आएको बलमा उत्कृष्ट भली प्रहार गर्दै मल्डरले अग्रता दिलाएका थिए ।
३२औं मिनेटमा जर्जेस मिकाउताड्जेले जर्जियाका लागि बराबरी गरे ।
६५औं मिनेटमा टर्की पुनः अग्रतामा गएको गोल उत्कृष्ट नै रहेको थियो । आर्दा गुलेरले बक्स भन्दा निकै टाढाबाट पाएको स्पेसमा सुन्दर प्रहार गर्दै टर्कीलाई पुनः अग्रतामा पुर्याएका थिए ।
टर्कीले इन्ज्युरी समयको अन्तिमतिर गोल गर्दै जित सुनिश्चित गर्यो । जर्जियाका सबै खेलाडी बराबरी गोल गर्ने तरखरमा लागेको मौका पारी काउन्टर अट्याकमा केरेम आक्तुरकोग्लुले टर्कीका लागि तेस्रो गोल गरे ।