Prakash Adhikari May 28, 2018

काठमाडौें, १४ जेठ । नेपालको भरपर्दो र विश्वसनीय विमान सेवा बुद्ध एयरले भारतको धार्मिक एवं पवित्र तीर्थस्थल रहेको वनारस शहरमा साताको दुई उडान गर्ने भएको छ ।

बुद्धले आउँदो असार १५ गतेदेखि साताको २ उडान गर्न लागेको कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

निर्देशक बस्नेतले बुद्ध एअरले यसअघि वाराणसीमा मासिक दुुई उडान गर्दै आएको बताए ।

बुध्द एयरले उडानसँगै नेपाली तथा भारतीय यात्र र तिर्थालुहरुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने भएको छ ।

कम्पनीले छुटका लागि यही साता भित्रै मन्त्रालय तथा विभागहरुमा निवेदन बुझाउने जानकारी दिएको छ ।

बुध्द एयरका रिसर्च तथा डेभलपमेण्ट विभागकी आस्था बस्नेतले नयाँ बन्न लागेको वेवपोर्टल युजर फ्रेण्डली हुने र यसबाट केही क्लिकमै नेपालका पर्यटकीय तथा तिर्थस्थालुहरु बारे सजिलै जानकारी पाउने बताइन् ।

वेव पोर्टलमा नेपालका रमणीय स्थलहरु सम्बन्धी मल्टि मिडिया तथा फोटो फिचरहरु हुने छन् ।

अनुसन्धान विकास विभागकी कार्यकारी अधिकृत बस्नेतले बुध्द एयरको होलिडे प्याकेजहरुबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालाहरुलाई उत्तिकै फाईदा हुने बताइन् ।

बुद्ध एयरले केही साता अगाडी मात्रै ‘पशुपतिनाथ दर्शन’ र बनारस’ यात्राबारे भिडियोहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।

यस प्याकेजमा नेपाली यात्रुहरुको लागि वनारस , सारनाथ, गया, बोधगया, इहालावाद, प्रयाग, अयोध्यालक्षित प्याकेजहरु रहेको उनले जानकारी दिएकी छन् ।

Share Now

Leave a comment.