Prakash Adhikari May 28, 2018

विराटनगर(मोरड.), १४ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अभियोगमा अदालतमा पुर्पक्षका लागि लगिएका आरोपि चुडामणि उप्रेती उर्फ गोरेले एअरलाइन्सका कर्मचारी र प्रहरीको मिलेमतोमा सुन तस्करी गर्दै आएको वयान दिएका छन् ।

उनका अनुसार काठमाडौँ आउने थाई एयरवेजको विमानको विमानको ट्वाइलेटको डस्टबिनमा सुन ल्याइन्थ्यो र सो सुनलाई एअरलाइन्सका कर्मचारीको सहयोगमा भर्याड.मा रहेको प्वालमा सुन छिराइन्थ्यो र त्यसपछि भर्यानङबाट सुरक्षित रुपमा सुन निकालिन्थ्यो।

यसवापत थाई एयरवेजका कर्मचारी सानु वनले प्रति किलो ३५ हजार रुपैयाँ भुक्तानी पाउँथे। एयरपोर्टभित्र स्टाफहरुको व्यवस्थापन पनि वनले नै गर्थे। हराएको भनिएको ३३ किलो सुन वनले नै पुर्या्उन जाने क्रममा लुटिएको थियो। वनको विमानस्थलभित्रै मृत्यु भएको छ ।

त्यस्तै फ्लाई दुबईबाट आएको सुन राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारुको समूहले विमानस्थल बाहिर ल्याउने र एयरपोर्टको बस हुँदै लुकाएर अनुकूल समयमा बाहिर ल्याउने गरेको उनले खुलासा गरेका छन् ।

गोरेल दुबईबाट भरियामार्फत् झोलामा आउने सुनलाई प्रहरीले उपलब्ध गराएको पास लिने भरियाले एअरपोर्टका प्रहरीको कार्यालयमा छोडिदिने र प्रहरी कर्मचारीले अनुकूल समयमा बाहिर निकाली तोकिएको स्थानमा बुझाउने गरेका उल्लेख गरेका छन्।

उनले सुन तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा पुर्याएपछि अनुकूल समयमा सुन बाहिर निकाली तस्करका भरियालाई दिने गरेको बताएका छन् । यो लाइन त्यति भरपर्दो नभएकोले धेरै दिन टिकेन।

खत्रीले सुन बाहिर निकाले वापत प्रति किलो ५० हजार आफैले बुझ्ने गरेको र यो लाइनबाट ४०० किलोदेखि ५०० किलोसम्म सुन आएको गोरेले बयानमा बताएका छन् ।

चार दिन लगाएर जिल्ला अदालत मोरङले बन्द इजलासमा गरेको बयानमा गोरेले सुन तस्करीका मुख्य नाइके प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताहरु भएको बताएका छन्।३७ पृष्ठ बयानमा गोरेले भनेका छन् ‘सुन तस्करी गर्ने कार्यमा प्रहरी उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला नेताको मिलोमतो हुनेगर्छ। को को संलग्न छन्, म भन्न सक्दिनँ।’

दुबईबाट आएको ३८ सय किलो सुन भारत जाने गरेको समेत उनले बयानमा खुलाएका छन्। गोरेले भनेका छन्, ‘तस्करीबाट आएको सबै सुन इन्डिया जान्छ। म सुन तस्करीमा सहयोग गर्ने तत्लो लेभलको मानिस भएकाले लेखिए बमोजिमको बिगो हुने होइन।’

गोरेले सनम शाक्यको हत्या गरेको पनि अस्वीकार गरेका छन्। मैले करेन्ट लगाएको पनि छैन। गोरेले प्रहरी अधिकारी पक्राउ परेपछि तस्करीको सबै पाटो खुल्ने बताए।

Share Now

Leave a comment.