
हेटौडा(मकवानपुर), १७ जेठ । आगामी असारको पहिलो साता हेटौडामा हुने नेपाली कांग्रेसका जिल्ला सभापतिकहरुको भेलाको तयारी शुरु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको समुपस्थितिमा, मकवानपुर जिल्ला सभापति एवं जिल्ला सभापतिहरुको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर वानियाँको अध्यक्षतामा बिहिबार बसेको विशेष बैठकले विभिन्न ९ समिति गठन गरेको छ ।
आगामी आषाढ ५, ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा हुन लागेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले संचालन गर्न स्थानीय स्तरमा गठन गरिएका समितिका संयोजकहरु यस प्रकार छन् ः
१)प्रचार समिति : प्रदीप कोइराला
२) सांस्कृतिक एवं अतिथि समन्वय : आनन्द पराजुली
३) मञ्च व्यवस्थापन : गोपीलाल विश्वकर्मा
४) स्वयंसेवक : अर्जुन तिवारी
५) सचिवालय एवं मिडिया सेन्टर संयोजन : वुद्ध लामा
६) स्वास्थ्य समिति : राजीव सुवेदी
७) आवास व्यवस्थापन : भरत पराजुली
८) खाद्यान्न प्रबन्ध :रामबाबु बानियाँ
९) प्रदेश संयोजन : विष्णुप्रसाद लामिछाने
व्यवस्थापन समितिले जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको स्थानीय तयारीको कार्य प्रारम्भ भएको जनाउदै उद्घाटन समारोह एवं बन्द सत्रका सम्पूर्ण कार्यक्रमहरु स्थानीय पल्पसा हलमा हुने बताएको छ ।