
लण्डन(संयुक्त अधिराज्य), १७ जेठ । चर्चित नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टि ट्वान्टीमा डेब्यू गरेका छन्।
वेस्ट इन्डिजविरूद्ध क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा सन्दीप १३ औं ओभरमा बलिङ गर्दै १२ रन खर्चिएका छन्।
मात्र एक ओभर बलिङ गर्न पाएका सन्दीपले १ छक्का र एक डटसहित १२ रन दिएका हुन्।
पहिलो बलमा दिनेश रामदिनले एक रन जोडेका थिए भने दोस्रोमा मोर्लिन सामुयल्सले र तस्रो बलमा रामदिनले १(१ रन जोडे। सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरे। यस्तै पाँचौं बलमा ३ रन लिएका उनले अन्तिम बलमा कुनै रन लिन सकेनन्।
लेगस्पिनरले भरिएको विश्व(११ को टोलीमा त्यसपछि सन्दीपले मौका पाएनन्।
कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा ३४ रन खर्चदै १ विकेट लिए भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो। उसका ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन जोडेका थिए ।
२ सय रनको लक्ष्य पाएको अन्तर्राष्ट्रिय टीमले निर्धारित २० ओभरको खेलमा १ सय २७ रन मात्र बनाउन सक्यो । खेलको नतिजा वेष्ट इण्डिजको पक्षमा गएको छ । वेष्ट इण्डिजले खेल ७२ रनले जितेको छ ।
आइसिसिले यो प्रतियोगितालाई ट्वान्टी(२० अन्तर्राष्ट्रियको मान्यता दिएको छ।
नेपालले सन् २०१४ मा टी २० विश्वकप खेल्दा र त्यसपछि थप २ वर्षको लागि पाएको अस्थायी मान्यताको समयमा खेलेका खेलमा टी २० मान्यता थियो। तर उक्त समयमा लामिछाने नेपाली क्रिकेट टोलीमा थिएनन्।
पाकिस्तानका शाहिद अफ्रिदीले नेतृत्व गरेको विश्व ११ टिममा लामिछानेसहित तिमिम एकबाल, साम बलिङ्ग्स, दिनेश कार्तिक, लुक रोची, सोएब मलिक, शाहिद अफ्रिदी र थिसारा परेरा सम्मिलित थिए।
यस्तै मिचेल म्याकिनघन, साम कुरान, टाइमल मिल्स तथा अफगानिस्तानका रासिद खान, इंग्ल्यान्डका अदिल रसिद पनि टोलीमा सामेल थिए।
सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरीका पीडितहरुलाई सहयोगार्थ भएको विश्व एघार र वेस्ट इन्डिज बिचको खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरू भएको थियो ।
यसअघि इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चा कमाएका लामिछानेलाई प्रतियोगिता खेलिरहेकै समयमा आइसीसीले विश्व एघारको लागि निमन्त्रणा गरेको थियो।
बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाएर उपस्थिन हुन नसक्ने भएपछि नेपालका युवा स्टार सन्दीप लामिछानेले मौका पाएका हुन्।
-
BOWLING O M R W ECON 0s 4s 6s WD NB MJ McClenaghan 3 0 31 0 10.33 3 4 0 1 0 TS Mills 3 1 13 0 4.33 13 2 0 0 0 Shoaib Malik 3 0 31 1 10.33 9 0 4 1 0 NLTC Perera 2 0 27 0 13.50 1 2 2 0 0 Rashid Khan 4 0 48 2 12.00 8 2 5 1 0 Shahid Afridi 4 0 34 1 8.50 13 2 3 2 0 S Lamichhane 1 0 12 0 12.00 1 0 1 0 0