Prakash Adhikari May 31, 2018

लण्डन(संयुक्त अधिराज्य),१७ जेठ । वेस्ट इन्डिजमा सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरीका पिडितहरुलाई सहयोगार्थ हुन लागेको विश्व एघार र वेस्ट इन्डिज बिचको खेल आज हुँदै छ । क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा हुने खेलमा सहभागिता जनाउन नेपालका सन्दिप लामिछाने पनि इंग्ल्याण्डमा रहेका छन् ।

खेल नेपाली समय अनुसार रातिको १०:४५ बजेदेखि सुरु हुनेछ । सन्दिप यहि खेलमा विश्व एघारको तर्फबाट सहभागीता जनाउन हिजो बिहान इंग्ल्याण्ड पुगिसकेका छन् । उनले त्यहाँ विश्व स्तरका खेलाडीहरुसँग खेल्ने अवसर पाउनेछन् ।

यसअघि इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चित भनेका उनलाई प्रतियोगिता खेलिरहेकै समयमा आइसीसीले विश्व एघारको लागि निमन्त्रणा गरेको थियो । उक्त निमन्त्रणापछी लामिछानेले आइपिएल भन्दा बिश्व एघारबाट खेल्नु ठुलो सफलता रहेको बताएका थिए ।

ट्वान्टी२० अन्तर्राष्ट्रिय मान्यता रहेको खेलमा विश्व एघारको कप्तानी पाकिस्तानका पुर्व अलराउन्डर शाहिद अफ्रिदीले गर्नेछन् भने वेस्ट इन्डिजको टिम विस्फोटक ब्याट्सम्यान तथा अलराउण्डर कार्लोस ब्र्याथवेटको कप्तानीमा मैदानमा उत्रिनेछ ।

यदि सन्दिप लामिछाने प्लेइंग एघारमा परेको खण्डमा उनले अन्तर्राष्ट्रिय टि२० खेलमा डेब्यु गर्नेछन् । नेपालले सन् २०१४ मा टि२० विश्वकप खेल्दा र त्यसपछि थप २ बर्षको लागि पाएको अस्थाई मान्यताको समयमा खेलेका खेलमा टि२० मान्यता थियो । तर उक्त समयमा लामिछाने नेपाली क्रिकेटमा कतै पनि सुनिएको थिएन ।

World XI: Dinesh Karthik, Mitchell McClenaghan, Thisara Perera, Rashid Khan, Luke Ronchi, Shahid Afridi(c), Shoaib Malik, Tamim Iqbal, Sandeep Lamichhane, Adil Rashid, Mohammed Shami, Sam Billings, Sam Curran, Tymal Mills

West Indies: Carlos Brathwaite(c), Rayad Emrit, Andre Fletcher, Chris Gayle, Evin Lewis, Ashley Nurse, Keemo Paul, Rovman Powell, Denesh Ramdin, Andre Russell, Samuel Badree, Marlon Samuels, Kesrick Williams

Share Now

Leave a comment.