
माले(मालदिभ्स), ५ साउन । माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले दोस्रो खेल पनि गुमाएको छ ।
शुक्रबार नेपाल र किर्गिस्तानबीचको खेलमा नेपाल पराजित हुन पुगेको हो । खेलमा किर्गिस्तान ३(० ले विजयी भयो। सुरुवाती दुई सेटमा कडा टक्कर दिएको नेपालले तेस्रो सेटमा केही कमजोर प्रर्दशन गरेको थियो । खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको थियो।
शुक्रबारको अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० ले हराएको थियो। पहिलो दिन श्रीलंकाले नेपाललाई र किर्गिजस्तानले माल्दिभ्सलाई हराएको थियो।
लिग चरणको अन्तिम दिन शनिबार नेपाल र माल्दिभ्स तथा श्रीलंका र किर्गिजस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाल र आयोजक माल्दिभ्सले अंकको खाता खोल्न नसक्दा बाँकी दुई टोलीको समान ६ अंक छ।
सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ।