Prakash Adhikari June 9, 2018

काठमाडौं, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थिति गम्भीर र सघन रहेको काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पतालले जनाएको छ।

शनिवार बिहान विज्ञप्ति जारी गरी अस्पतालले विभिन्न सामाजिाक सञ्जालमा प्रेषित खबर सत्य नरहेको स्पष्ट पारेको हो।

साथै अस्पतालबाट दिइने आधिकारिक जानकारीबाहेक अन्य सूचनामा विश्वास नगर्नसमेत विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा देवकोटाको स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति उनको परिवारले आभार व्यक्त गरेको छ।

Share Now

Leave a comment.