Prakash Adhikari June 9, 2018

 

गोरखा,२६ जेठ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर बोहारा गाउँमा लगेर फर्काइएको छ। न्यूरो अस्पतालमा उपचाररत डा ।देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।

डा. देवकोटाले पुर्ख्यौली घर पुग्ने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।

देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहोरा गाउँमा लगेका थिए । घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो ।

उनी आउने खबर पाएर ४र५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।

देवकोटाले घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर चच्चाको खुवाइयो ।
डा. देवकोटा होशमा नै रहेको परिवारका सदस्यहरुले बताएका छन् ।

डा। देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ ।

Share Now

Leave a comment.