Prakash Adhikari August 22, 2024

काठमाडौं, ६ भाद्र। एभरेष्ट बैंक लिमिटेडले नयाँ बानेश्वरमा आफ्नै भवन निर्माण गरेको छ।

बैंकले दिएको जानकारी अनुसार साविकको स्थानबाट करिब १५० मिटर पश्चिमतर्फ आफ्नै अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ । बैंकको बानेश्वर शाखा सो भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरु सञ्चालन हुन थालेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले एक समारोहका बीचमा नवनिर्मित भवन र स्थानान्तरण भएको शाखाको समुदघाटन गर्नुभएको छ । समुद्घाटन समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथसाथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने “डिजिटल संसार” को शुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवात संगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथसाथै सेवासम्बन्धी गुनासो सुनाउन डिजिटल प्रविधि प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ ।

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारीमा स्थापना र सञ्चालन भैइरहेको यस बैंकमा १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो १ सय २८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट ग्राहकहरुलाई अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

एभरेष्ट बैंकले ३२ वटा संकलन केन्द्रबाट नेपाल सरकारको राजस्व संकलनमा समेत योगदान पुर्याउदै आएको आएको छ ।

 

Share Now