काठमाडौं। १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर राजावादी शक्तिहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजना गरेको प्रदर्शन शान्तिपूर्ण भएको आयोजकले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बिहीवारको प्रदर्शन शान्तिपूर्ण रूपमा समापन भएको जानकारी दिनुभयो।
ूअब भोलि (शुक्रवार) बबरमहल माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै छौँ। हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ,ू श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।
यसअघि चैत्र १५ गते राजसंस्था पक्षधर शक्तिले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। बिहीवारको प्रदर्शनअघि प्रशासनले राजधानीको शान्तिवाटिका क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।


















