Prakash Adhikari May 18, 2026

वीरेन्द्रनगर(सुर्खेत), ४ जेठ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर निकट कार्यकर्ताहरुको कर्णाली प्रदेश भेला सम्पन्न भएको छ । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा भएको ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ नामक भेलाले १० बुँदे धारणा सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको १० बुँदे धारणालाई ‘वृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सूत्र’ भनेर नाम दिइएको छ ।

भेलाले सार्वजनिक गरेको धारणाको पहिलो बुँदामा १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने, सभापति गगन थापाले तत्काल पार्टीका शीर्ष नेता, पूर्वपदाधिकारीसँग सघन संवाद गर्नुपर्ने, विगतमा नवीकरण भइसकेका क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागितामा सुनिश्चित गर्नुपर्ने लगायतका विषय उल्लेख छन् ।

दोस्रो बुँदामा केन्द्रीय अनुशासन समितिका नाममा गरिएका कारबाही र सोधिएका स्पष्टीकरण फिर्ता लिन भनिएको छ ।

तेस्रो बुँदामा ‘कदमजम’लाई पूर्ण कार्यान्वयन गर्दै पार्टीका सबै तहमा कम्तीमा २५ प्रतिशत युवाको उपस्थिति सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

अन्य बुँदामा राष्ट्रिय राजनीतिका घटनाक्रम र जेनजी आन्दोलनका विषयसम्म जोडिएका छन् ।

यस्तो छ, १० बूँदे धारणा पत्र

Share Now