ढाका(बंगलादेश), १३ असोज । एसीसी यू १९ एशिया कप अन्तरगत शनिबारदेखि बंगलादेशको राजधानीमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपाली टोलीले भारतीय टोलीको सामना गर्दैछ ।
अघिल्लोपटक सेमीफाइनलसम्मको यात्रा तय गरेको नेपाली टिमका प्रशिक्षक विनोद दास यसपटक पनि नेपालको पहिलो लक्ष्य सेमिफाइलनसम्म पुग्नु रहेको बताउनुभएको छ । उहाँका अनुसार टिमले तयारी राम्रो गरेको छ र तर ब्याटिङमा विशेष ध्यान दिन आवश्यक रहेको छ ।
केही समय पहिले भारतको गोरखपुरमा भएको चतुष्कोणीय खेलमा नेपालको ब्याटिङ कमजोर देखिए पनि त्यसमा सुधार भैरहेको उहाँको विश्वास छ ।
भारत अफगानिस्तान, युएई रहेको समुह ए मा परेको नेपालले पहिलो खेल भारत, दोस्रो अफगानिस्तान र तेस्रो युएईसँग खेल्नेछ ।
अघिल्लो संस्करणमा भारतलाई पराजित गर्दै सनसनी मच्चाएको नेपाली टिमले यसपटक रोहित पौडेलमाथि ठुलो भर गरेको छ ।
युथ एसिया कप खेल्ने नेपाली टिम : आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग
नेपाली टिममा भारतमा खेलिएको भारत यु(१९ र अफगानिस्तान यु-१९ सम्मेलित सिरिजमा टोलिमा नभएका रोहित पौडेल,नन्दन यादब, रबिन्द्र जंग शाही र सुर्य तामांगलाई युथ एसिया कप खेल्ने टिममा मौका दिईएको छ। भारत टुरमा गएका सम्साद आलम, बिपिन रावल, लोकेस बम , किशोर महतोलाई टिममा मौका दिईएको छैन।
नन्दन र रबिन्द्रले यस अघि पनि यु-१९ टिमको लागि खेलीसकेका छन् भने सुर्य तामांग पहिलो पटक यु-१९ टिममा अटाएका हुन्। नन्दन तिब्र गति बलर हुन् भने रबिन्द्र माथिल्लो क्रमका ब्याट्सम्यान। सुर्य तामांग देब्रे हाते स्पिनर हुन् जसले यु-१६ राष्ट्रिय टिमको प्रतिधित्व गरिसकेका छन्।
नेपाली टिमको प्रमुख प्रशिक्षकमा बिनोद दास रहेका छन् भने टिम म्यानेजरको रुपमा शक्ति गौचन, सहायक प्रशिक्षकको रुपमा मनोज कटवाल र यस्तै टिमको फिजियो बिक्रम न्यौपाने छन्।


















