पोखरा(कास्की), ३२ आषाढ । नेपाल(भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को पोखरामा सम्पन्न १३ औं बैठकले दुई देशबीच विद्युत आयात निर्यातमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको अगुवाइमा भएको बैठकमा दुई देशबीचको विद्युत् आयात(निर्यातको सीमा १६५० मेगावाटसम्म बढाउने गर्ने सहमति भएको छ।
असार ३० गते दुवै देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी)को बैठकले गरेको सिफारिसका आधारमा सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ४०० केभीका दुई सीमापार प्रसारण लाइनहरू ढल्केबर(मुजफ्फरपुर र ढल्केबर(सीतामढीबाट हुने विद्युत्को कारोबार वृद्धि गरिएको छ। हाल सञ्चालनरत ढल्केबर(मुजफ्फरपुर ४०० किलोभोल्ट (के.भी.) अन्तरदेशीय प्रसारण लाइनबाट १००० मेगावाट विद्युत् आयात(निर्यात भइरहेकोमा यसको सीमा बढाएर आयाततर्फ १४०० मेगावाट र निर्याततर्फ १६५० मेगावाट पुऱ्याइएको छ।
हालसम्म नेपालले ढल्केबार मुजफ्फपुर प्रशारण लाइनबाट ११०० मेगावाटसम्म निर्यात गर्न पाउने सहमति थियो । अब नेपालले थप ५५० मेगावाट निर्यात गर्न पाउने भएको छ ।
दुई देशको संयुक्त प्राविधिक टोली (जेटीटी) ले गरेको अध्ययन अनुसार विद्युत् कारोबारको सीमा बढाइएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, नेपालको सुदूरपश्चिम सीमा चमेलिया (नेपाल) धौलीगंगा (भारत) २२० किलोभोल्ट डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बैठकले स्वीकृत गरेको छ। यो आयोजना डिसेम्बर २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
यसैगरी, नेपाल र भारतबीच प्रस्तावित ४०० के.भी. इनरुवा न्यू पुर्णिया र दोदोधरा (न्यू लम्की) बरेली अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्यलाई गति दिन नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच शेयरधनी र संयुक्त उपक्रम सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ । यी आयोजनाको भौतिक निर्माण कार्य तत्काल अगाडि बढाउन संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने निर्णय भएको छ ।
बैठकमा सन् २०३४(३५ सम्म नेपालबाट थप ठूलो परिमाणमा जलविद्युत् भारत निर्यात गर्न आवश्यक पर्ने अन्तरदेशीय प्रसारण लाइनका सम्बन्धमा केही विशेष निर्णय भएका छन्। मोतिहारी (भारत) निजगढ (नेपाल) ४०० के.भी.डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई स्वीकृत तथा मुजफ्फरपुर(ढल्केबर ४०० के.भी. लाइनमा उच्च क्षमताको कन्डक्टर प्रयोग गरी क्षमता विस्तार गर्ने कार्य सम्बन्धी डीपीआरलाई पनि स्वीकृति प्रदान गरिएको छ।
यस्तै लखनउ (भारत) ( कोहलपुररलमही (नेपाल) ४०० के।भी। प्रसारण लाइनको हकमा थप प्राविधिक अध्ययन गरी छिट्टै टुङ्गो लगाउने सहमति भएको छ । निर्माणाधीन नयाँ बुटवल(गोरखपुर ४०० केभी प्रसारण लाइनको नेपाल खण्डको निर्माण कार्य आगामी अगस्ट २०२६ सम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
नयाँ बुटवल सबस्टेशनको ४०० के. भी. निर्माण कार्य भने डिसेम्बर २०२७ सम्म मात्र सम्पन्न हुने भएकाले, सो अवधिसम्म यस प्रसारण लाइनलाई २२० किलोभोल्ट (के.भी.) मा सञ्चालन गर्ने प्राविधिक सहमति भएको छ ।








