Prakash Adhikari November 17, 2018

काठमाडौं, १ मंसिर । शहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको शनिवार भएका खेलमा मनाङ मस्र्याङ्दी क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

शहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको खेल दशैं–तिहारका कारण रोकिएको थियो । अखिल नेपाल फुटबल संघ ((एन्फा)ले रोकिएको लिग मंसिर १ गतेदेखि सुचारु हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सशस्त्र प्रहरीको हल्चोक स्टेडियममा भएका दोस्र्रो चरणको पहिलो खेलमा मनाङले एनआरटीलाई २–० ले हरायो

हल्चोक स्थित एपिएफ मैदानमा सम्पन्न दोस्रो खेलमा आर्मीले च्यासल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

आर्मीको जितमा पहिलो हाफको २७ औं मिनटमा बिकास खवासले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो ।

यसअघि आर्मीले आफ्नो पहिलो खेलमा एनआरटीसँग २–२ गोलको बराबरी खेलेको थियो । शनिबारको खेलमा आर्मीका गोलरक्षक बिकेश कुथु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।

त्यसैगरी शनिबार नै सम्पन्न पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले एनआरटीलाई २–० ले हरायो । मनाङको लगातार दोस्रो जित थियो । यसअघि मनाङले आफ्नो पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३–१ पराजित गरेको थियो ।

यस्तो छ दोस्रो चरणको खेलतालिका ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको दशौं चरणसम्मको खेलतालिका सार्वजनिक गरिसकेको छ । लिग विजेताले यसपटक उपाधिसहित नगद ५० लाख हात पार्नेछ ।

Share Now

Leave a comment.