काठमाडौं।१२ पुस । सेयर बजारमा साताको अन्तिम दिन बिहिबार १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ ।
बिहिबार सेयरको दोस्रो बजारमा १ अर्ब १२ करोड रुपैयाँ मूल्यका २८ लाख ७२ हजार ५ सय ५१ कित्ता सेयरको कारोबार भएपनि नेप्से परिसूचक १.०८ अंकले ओरालो लागेको छ ।
बुधबार १२१६.०८ अंक छोएको नेप्से परिसूचक बिहिबार भने१२१५.१६ बिन्दुमा अडियो ।
यस बर्ष राम्रो बोनस दिएका ९ कम्पनीहरुको बोनस खान शेयर खरिद गर्ने अन्तिम दिन भएकोले आज कारोबार भने उच्च रहन गएको देखिन्छ । गत आर्र्थिक बर्षमा राम्रो मुनाफा आर्जन गरि शेयरधनीहरुलाई आकर्षक बोनस र लाभांश दिएका कम्पनीहरुको बुक क्लोज शुक्रबार परेकोले आज शेयर खरिदको चाप परेको थियो ।
बिहीबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ८ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।
ग्लोबल आईएमई,नेपाल लाईयm ईन्स्पयोरेन्स कम्पनी लिमिटेड,एनसीसी र्बैक, नेको इन्स्योरेन्स, प्रभु बैंक,प्राइम लाईफ, छिमेक विकास बैंक र सानिमा बैकको अधिक मूल्यका शेयर कारोबार भयो ।
Top 10 Turnovers
| Symbol | Turnover | Closing Price | |
| As of 2018-12-27 15:00:00 | |||
| NLIC | 148,690,035.00 | 1,155.00 | |
| NBL | 82,618,070.00 | 310.00 | |
| GBIME | 53,643,501.00 | 324.00 | |
| NLICL | 43,182,194.00 | 730.00 | |
| NCCB | 30,274,205.00 | 216.00 | |
| NIL | 27,615,819.00 | 575.00 | |
| PRVU | 26,018,146.00 | 252.00 | |
| PLIC | 24,834,179.00 | 527.00 | |
| CBBL | 23,654,529.00 | 859.00 | |
| SANIMA | 23,060,457.00 | 316.00 | |
१०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको नेपाल बंगलादेश बैंक बुक क्लोज पनि शुक्रबारे परेको छ । अपि हाइड्रोपावरले घोषणा गरेको ५ प्रतिशत बोसन सेयर पाउनका लागि पनि आजै सेयर किन्नुपर्ने थियो ।कावेली विकास बैंकले दिने ३५ प्रतिशत बोनस सेयर पाउनका लागि पनि आजै सेयर किन्नुपर्ने भएकोले यसको चाप पनि शेयर बजारमा परेको थियो ।२५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश घोेषणा गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस र लाभांश खान पनि आजै सेयर किन्नुपर्ने थियो ।५५ प्रतिशत नगद लाभांश घोषणा गरेको नेपाल टेलिकमको बुक क्लोज पनि शुक्रबार भएकोले त्यसको सेयर किन्ने चाप पनि आजै परेको थियो ।
सिर्जना फाइनान्सको १५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश लिनका लागि पनि आजै सेयर किन्नुपर्ने अवस्था थियो ।त्यसैगरी, एनएमबि माइक्रोफाइनान्सले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर लिनका लागि र आरएसडीसी लघुवित्तले पनि घोषणा गरेको १० प्रतिशत बोनस सेयर लिनका लागि पनि शुक्रबार बुक क्लोजको मिति भएकोले आजै सेयर किन्ने चाप परेको थियो ।
त्यसरी नै बिहिबार नागरिक लगानी कोष, महिला सहयात्रा लघुवित्त, हिमालयन डिष्टिलरी,समता माइक्रो फाइनान्स, नेपाल लाईफ इन्स्योरेन्स कर्पोरेशन,बरुण हाईडे,लक्ष्मी लघुवित्त,कालिका पावर,छ्याड.दी र रैराड. हाइड्रेपावरको शेयर मूल्य अघिल्लो दिनको तुलनामा बढ्न गएको छ । यी कम्पनीको शेयर बेच्नेहरुले अधिल्लो दिनको तुलनामा बढी आय आर्जन गरे ।
Top Gainers
| Symbol | LTP | % Change | |
| As of 2018-12-27 15:00:00 | |||
| CIT | 2,100.00 | 9.03427 | |
| MSMBS | 610.00 | 8.15603 | |
| HDL | 1,461.00 | 6.02322 | |
| SMATA | 1,150.00 | 5.02283 | |
| NLIC | 1,155.00 | 5 | |
| BARUN | 109.00 | 4.80769 | |
| LLBS | 835.00 | 4.375 | |
| KPCL | 103.00 | 4.0404 | |
| CHL | 107.00 | 3.8835 | |
| RRHP | 110.00 | 3.77358 | |
बिहिबारको सेयर बजारमा सिद्धार्थ इक्विटी ओरियण्टेड स्किम,सन राईज बैंक, नेपाल सेवा लघुवित्त,ग्रामीण विकास लघु वित्त,सोल्टी होटल लिमिटेड, सांग्रिला डेभलपमेण्ट बैंक, तारागाउ रिजेन्सी होटल, जनउत्थान सामुदायिक लघुवित्त, मिथिला लघुवित्त वित्तीय संस्था र नागवेली विकास बैंकको सेयर मूल्य अघिल्लो कारोबार दिनको मूल्यभन्दा घट्यो । जुन लगानीकर्ताले यी कम्पनीहरुको सेयर बेचे,तिनीहरुले सम्पत्तिको मूल्य अघिल्लो दिनको भन्दा गुमाए ।
Top Losers
| Symbol | LTP | % Change | |
| As of 2018-12-27 15:00:00 | |||
| SEOS | 10.08 | -6.66667 | |
| SRBL | 224.00 | -5.48523 | |
| NSEWA | 596.00 | -4.64 | |
| GBLBS | 437.00 | -4.37637 | |
| SHL | 202.00 | -4.2654 | |
| SADBL | 145.00 | -3.97351 | |
| TRH | 245.00 | -3.92157 | |
| JSLBB | 2,593.00 | -3.89177 | |
| MLBBL | 900.00 | -3.74332 | |
| NBBL | 825.00 | -3.6215 | |
बिहीबार उत्पादन,अन्य र जीवन बीमा उपसमुहको परिसूचक उकालो लागेको छ भने बाँकी सबै समुहको परिसूचक ओरालो लागेको छ ।
हालै सरकारले बनाएको कार्यदलको सुझाव अनुरुप नेपाल राष्ट बंैकले सेयर बजार सुधारको लागि केही कदम चालेपछि बुधबारबाट सेयर बजारमा सुधार आएको छ । बैंकको व्याजदरको सिलिड. तोकिएको र सुधारका कार्यक्रम आएकोले सेयर बजारले दिगो बृद्धिको बाटो समात्ने अनुमान गरिएको छ ।


















