ढाका(बंगलादेश),२२ पुस । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानले मित्रराष्ट बंगलादेशको घरेलु लिग बंगलादेश प्रिमियर लिग अन्तरगत पहिलो खेल खेल्दैछन् । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने बिपिएल टि२० मा सन्दीप सिलहेट सिक्सर्स टिमबाट खेल्दैछन्। आज सिलहेट सिक्सर्स र क्यामिल्ला एण्डरसनका बीचमा प्रतिस्पर्धा हुँदैछ ।प्रतियोगितामा विभिन्न सात टोली सहभागी हुँदैछन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण सोनी सिक्स च्यानलले गर्नेछ। प्रतियोगिता नेपाली समय १२ः १५ बजे दिउसो सुरु हुनेछ।
बिपिएल टि २० सन् २०१२ देखि सुरु भएको हो र यो प्रतियोगिताको छैठौं संस्करण हो।

अष्टेलियन खेलाडी डेभिड र्वानरको नेतृत्वमा रहेको सिलहेटले जनवरी ६ मा तामिम इकबाल कप्तानीको टिम कोमिल्ला भिक्टोरियन्ससंग खेल्दै लिगको सुरुवात गर्नेछ। यस्तै लिगको दोश्रो खेल जनवरी ९ मा चिट्टागोंग भाईकिङ्गस तथा जनवरी १२ तारिकमा ढाका डाइनामाइट्ससंग खेल्नेछ। लिग फेब्रुअरी ८ सम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ सम्म चल्नेछ।
सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भाइकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भाइकिङ्गस
सिक्सर्समा को को ?

बंगलादेश राष्ट्रिय क्रिकेटर नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल-अमिन होसेन, आलोक कपाली सन्दिपको टिममा रहेका छन्।
टिमको कप्तानी चर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले गर्दैछन्। टिममा अन्य चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरु आन्द्रे फ्लेचर ( वेस्ट इन्डिज ) , सोहेल तन्बिर (पाकिस्तान ) , फाबीएन एलेन ) वेस्ट इन्डिज ) , मोहम्मद इरफान ( पाकिस्तान ) , गुल्बदीन नैब (अफगानिस्तान ) , निकोलस पुरन( वेस्ट इन्डिज ) पनि रहेका छन्।
सँन्दीप टिमको प्रशिक्षक पाकिस्तानका चर्चित पुर्व क्रिकेटर तथा पुर्व प्रशिक्षक रहीसकेका वकार युनिस रहेका छन्। पुर्व तिब्र गतिका बलर वकारले करियरमा ३७३ टेस्ट विकेट र ४१६ एकदिवसीय विकेट लिएका थिए। तिब्र गतिको रिभर्स स्विंगको लागि चर्चित युनिस ४०० वानडे विकेट लिने बिश्वकै कम उमेरका बलर हुन्।
बंगालदेश प्रिमियर लिगमा एउटा टिमले आफ्नो प्लेयिंग ११ मा कम्तिमा ४ जना बिदेशी खेलाडी खेलाउन पाउछ। पछिल्लो सिजन ५ जनासम्म बिदेशी खेलाडी खेल्न पाउने नियम थियो।

टिम प्रशिक्षक वकार युनिससंग सन्दिप
टीम र खेलाडी
लिगमा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भाईकिङ्ग्स गरि ७ टोली सहभागी छन्।
चिट्टागोंग भिकिङ्ग्स – मुस्फिकुर रहिमले कप्तानी गरेको टिममा लुक रोंकी, सिकंदार राजा, क्यामरन डेल्पोर्ट, मोहम्मद अश्रफुल, डासुन सनाका, नाजिबुल्लाह जद्रान जस्ता खेलाडीहरु रहेका छन्। चिट्टागोंग भिकिङ्ग्सले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
खुल्ना टाईटन्स – महमुदुल्लाहको कप्तानी रहने टिममा कार्लोस ब्राथवेट, लासिथ मालिंगा, ब्रेण्डन टेलर, आसिर शाह, डेभिड वेस, पल स्टरलिङ्ग, अल अमिन, दविड मलान जस्ता खेलाडीहरु रहेका छन्। खुल्नाले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन
रंगपुर राईडर्स – मश्रफे मोर्ताजाको कप्तानी रहने टिममा क्रिस गेल, एबि डी भिल्लर्स , एलेक्स हेल्स, रभी बोपारा, नज्मुल इस्लाम, सोहाग गाजी जस्ता खेलाडीहरु रहेका छन्। रंगपुर प्रतियोगिताको पछिल्लो संस्करणको विजेता हो।
राजशाही किंग्स – टिमले हालसम्म कप्तानको घोषणा गरेको छैन। मोमिनुल हक, मेहदी हसन, मुस्तफ़िजुर रहमान, सौम्य सरकार जस्ता बंगालदेश राष्ट्रिय खेलाडीहरु रहेको टिममा मोहम्मद हफिज, मोहम्मद समी, राय टेन डेस्काटे जस्ता बिदेशी खेलाडीहरु रहेका छन्।
ढाका डाईनामाइट्स – शकिब अल हसन कप्तान रहेको टिममा काइरन पोलार्ड, सुनिल नारायन, इयान बेल, आन्द्रे रसेल, रोभम्यान पावेल जस्ता विदेशी खेलाडीहरु रहेका छन्। बीपीएल इतिहासको सबैभन्दा सफल टिम ढाकाले सर्वाधिक ३ पटक उपाधि जितिकसकेको छ। सन् २०१२ र २०१३ मा एको सुरुको दुई संस्करण ढाका ग्लाडिएटर्सको नामबाट उपाधि जितेको यस टिमले २०१६/१७ को सिजन ढाका डाइनामाइट्सको नामबाट उपाधि जितेको थियो।
कोमिल्ला भिक्टोरियन्स – तमिम इकबाल कप्तानीको टिममा स्टिभ स्मिथ, शोयब मल्लिक, शाहिद अफ्रिदी, थिसारा परेरा, इभिन लुईस आमिर यामिन, इमरुल कायस, लियम डसन, अनमुल हक जस्ता खेलाडीहरु रहेका छन्। कोमिल्ला सन् २०१५र१६ को विजेता टिम हो।


















