Prakash Adhikari February 28, 2019

काठमाडौं, १५ फागुन । सरकारले आज राष्ट्रियशोक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरि बुधवार ताप्लेजुड.मा भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रियशोक मनाउने निर्णय गरेको हो।

बैठकले दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

राष्टिय शोकका कारण आज देशभर सार्वजनिक विदा हुनेछ भने विदेशमा रहेका नेपालका कुटनीतिक नियोगका कार्यालयहरु पनि बन्द रहनेछन् ।

उक्त दुर्घटनामा परि हेलिकोप्टरमा सबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आड.छिरिड. शेर्पा ,प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल,नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, डाइनेष्टी एअरका हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

मन्त्री अधिकारीसहितको टोली बुधबार बिहानै तेह्रथुम जिल्लाको चुहानडाँडामा विमानस्थलको संभाव्यता अध्ययन गर्न गएको थियो ।

विमानस्थलको संभाव्यता अध्ययनको लागि स्थलगत अवलोकन गरि स्थानीय तहमा आयोजित कार्यक्रमलाई संबोधन गरेपछि मन्त्रीसहितको टोली पाथिभरा देवीको दर्शनका लागि ताप्लेजुड. पुगेको थियो ।

देवीको दर्शन गरि पूजारीसंग आशिर्वाद लिएपछि हावाहुरीसहित हिउँ पर्न थालेपछि खराब मौसमका कारण मन्त्रीसहितको टोली केहीबेर त्यही रोकिएको थियो ।

केहीबेर रोकिएको समयमा चियापान समेत गर्न भ्याएको मन्त्रीको टोली मौसम उघ्रन थालेपछि काठमाडौंतर्फ फर्केको थियो ।

मन्त्री सवार हेलिकोप्टर उड्नेवित्तिकै हावाहुरी बढेको र मन्त्री उडेको केही समयपछि नै आकाशमा नै हेलिकोप्टरमा आगोलागि हेलिकोप्टर दर्घटना भएको प्रत्यक्षदर्शीहरुले ताप्लेजुड.बाट बताएका छन् ।

मन्त्रीको साथमा रहनुभएका पर्यटन व्यवसायी आडेछिरिड. शेर्पा यति एअरलाइन्स, गोकर्णस्थित होटल ला मेरिडियन गोकर्ण फरेष्ट रिसोर्ट, थामशेर्कु टे््रकिड.,हिमालयन एअरलाइन्स, शिखर इन्स्योरेन्स लगायतका थुप्रै कम्पनीहरुका मालिक हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (तात्कालिन एमाले)का सबै नेताहरुसंग विशेष सम्बन्ध कायम राख्न सफल शेर्पाले भूकम्पमा परेर नेकपा एमालेको बल्खु दरबार क्षतिग्र्रस्त भएपछि पासाड.ल्हामु पर्वतारोह प्रतिष्ठानको भवन नै पार्टीलाई सुम्पनु भएको थियो । तात्कालिन नेकपा एमाले र हालको नेकपा एमालेका नेताहरुसहित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ह्वीप लगाउन सक्ने तागतदार व्यक्ति वा शक्ति केन्द्रका रुपमा पर्यटन व्यवसायीहरुले उहाँलाई लिदैं आएका थिए ।

शव संकलन बिहान सम्पन्न हुने

दुर्घटनास्थल
बुधवार ताप्लेजुङको फुङ्गलिङ्ग नगरपालिकामा पर्ने फुरुम्बु दारेढुङ्गा सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनास्थलबाट अथक प्रयास गर्दा पनि उद्धारकर्ताहरुले बुधबार सबै शवहरु निकाल्न सकेनन् ।

ताप्लेजुङ्गका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार राति बोकेरै भए पनि बाँकी शव सुकेटार ल्याउने प्रयास सफल हुन सकेन। बुधबार ४ वटा शवमात्र सनाखत गरी सुकेटार ल्याएको छ । बिहीवार बिहान बाँकी तीनवटा शव निकाल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभएको छ ।

भौगोलिक कठिनाई र खराब मौसमका कारण सातमध्ये चारजनाको शवमात्र बुधवार सुकेटार विमानस्थलसम्म ल्याउन सकिएको उहाँले बताउनुभयो ।

खराब मौसमका बावजूत दुर्घटनास्थलमा उद्धारका लागि पुगेका नेपाल प्रहरी, सेना र सशस्त्रका टोली रातभर तैनाथ रहे । उनीहरु बिहानैदेखि बाँकी शव संकलन गरि सुकेटार ल्याउने र काठमाण्डौ पठाउने प्रयासमा छन्।

दुर्घटनास्थलको मौसममा अझै त्यति सुधार आएको छैन्।

ताप्लेजुङका प्रहरी प्रमुख सञ्जयसिंह थापाले दुर्घटनास्थलमा हिउँ परिरहँदा खुल्ला आकाशमुनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीय बासिन्दा रातभर शव रुगेर बसेको बताउनुभयो ।

अहिले सुकेटारमा दुईवटा हेलिकप्टर तैनाथ छन् र आवश्यक परे थप हेलिकप्टर पनि मगाएर बिहानै शव काठमाण्डौ ल्याउने तयारी भैरहेको छ।

Share Now

Leave a comment.