Prakash Adhikari March 22, 2019

विराटनगर(मोरड.), ८ चैत्र। विराटनगरमा भएो पाँचौ साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि पाँचौ पटक पनि भारतले चुमेको छ ।

नेपाली राष्ट्र्यि महिला टोलीको खेलको स्तर पनि सुधार भएको र नेपालको घरेलु मैदानमा भएकोले यस पटक नेपालले साफ च्यम्पियनको उपाधि जित्ने अनुमान गरिएको थियो ।

तर शुक्रबार भएको खेलमा भारतका महिला खेलाडीहरुले आफ्नो खेलमा झन निखार ल्याए । नेपाललाई घरेलु मैदान र दर्शकको लाभ उठाउने मौका नै दिएनन् ।

यो खेलको फाइनलसंगै नेपाली महिला टोली भारतसंग चौथोपटक फाइनलमा पराजित भएको छ । नयाँ इतिहास कोर्न अर्को एक बर्ष थप मिहेनत गर्नुपर्ने भएको छ ।

शुक्रबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल साविक विजेता भारतसँग ३–१ले पराजित हुन पुग्यो ।

नेपालको च्यापियनशीप आकांक्षा उपविजेतामा नै सीमित भयो ।

शुक्रबार खेलको २६औं मिनटमा डालीमा चिब्बेरले फ्रिकिकबाट सुन्दर गोल गर्दै भारतलाई खेलमा अग्रता दिलाएकी थिइृन् ।

तर त्यसको ७ मिनेट नबित्दै नेपाली खेलाडी सावित्रा भण्डारीले पहिलो हाफकै ३३औं मिनटमा जवाफी गोल गरिन । अन्तर्राष्ट्रिय फुटबलमा साबित्राको त्यो २६औं गोल थियो ।

तर त्यो बराबरी गोलको खुशी लामो समय टिक्न सकेन । दोस्रो हाफको ६३औं मिनटमा भारतग्रिेसी दांगमेईले भारतका लागि दोस्रो गोल गरिन भने ७८औं मिनटमा अन्जु तामाङले तेस्रो गोल गर्दै भारतको जित पक्का गरिन ।

यो उपाधिसहित भारतले प्रतियोगिताको पाँचौं संस्करणसम्म सबै उपाधि एकलौटी पारेको छ । सार्कमा भारतलाई जित्न सक्ने टीम देखिएको छैन् ।

Share Now

Leave a comment.