Prakash Adhikari March 22, 2019

सानोठिमी (भक्तपुर), ८ चैत्र । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ७ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।

आयोगले २०७५ चैत्र ८ गतेको निर्णय अनुसार मंगलबार बाग्मती अञ्चलका काठमाडौं, ललितपुर,भक्तपुर,नुवाकोट र काभ्रेपलाञ्चोक तथा नारायणी अञ्चलका चितवन र मकवानपुर जिल्लामा कार्यरत अस्थायीबाट स्थायी हुन परीक्षामा सामेल भएका प्राथमिक तहका शिक्षकहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।

नारायणी र बाग्मती अञ्चलका ७ जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली हेर्न तलका जिल्लामा क्लिक गर्नुहोस् :

काठमाडौं

ललितपुर

भक्तपुर

चितवन

मकवानपुर

नुवाकोट

काभ्रेपलाञ्चोक

Share Now

Leave a comment.