Prakash Adhikari March 23, 2019

दोहा(कतार),८ चैत्र । एएफसी यु–२३ च्याम्पियनशिप छनौटको लागि कतारको दोहामा भैरहेको प्रतियोगितामा पहिलो खेलको नजिता आफ्नो अनुकूल निकाल्न नेपाली टोली असमर्थ भएको छ ।

शुक्रबार नेपाल र ओमानबीच भएको खेलमा नेपाल १-० ले पराजित भएको छ ।

खेलको शुरुवातबाटै दबाबमा देखिएको नेपालले १३औं मिनटमा एक मात्र गोल खान पुगेको थियो । ओमानका लागि अल–मल्कीले डी बक्स नजिकैबाट खेलको एक मात्र निर्णायक गोल गरे । खेलमा आपसी तालमेल मिलाउन नसकेको नेपाली टोलीले विपक्षीविरुद्ध आक्रामक खेल खेल्न सकेन ।

समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार बलियो तथा घरेलु टोली कतारको सामना गर्नेछ ।

त्यस्तै सोही दिन ओमानले अफगानिस्तानको सामना गर्नेछ ।

Share Now

Leave a comment.