Prakash Adhikari March 23, 2019

काठमाडौं, ९ चैत्र । भारतको घरेलु क्रिकेटको सबैभन्दा चर्चित लिग (इण्डियन प्रिमियर लिग)को १२ औं संस्करण आज राती ८ : ०० बजेबाट सुरु हुँदै छ ।

चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने आजको खेलमा ११ औं संस्करणको विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स २०१०,२०११ र २०१८ मा आईपीएल च्याम्पियन बनिसकेको छ । चेन्नई सुपर किंग्स २००८,२०१२,२०१३ र २०१५ मा आईपीएलको उपविजेता पनि बनिसकेको छ । आईपीएलको इतिहासमा चेन्नई सुपर किंग्स यस्तो टीम हो जो ७ पटक फाइनलमा पुगेको छ ।

Related image

तर यस्तो बलियो टिमलाई पनि यसका मालिक स्पट फिक्सिड.मा दोषी भएको आरोपमा २०१६ र २०१७ मा आईपीएल खेल्नबाट प्रतिबन्ध लगाइएको थियो । यी बर्षहरुमा अर्को टिम राजस्थान रोयल्सलाई पनि प्रतिबन्ध लगाइएको थियो ।

आज भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको विरुद्ध उत्रिदा चेन्नई सुपर किंग्सका खेलाडीहरुलाई गत संस्करणको सुनौला संझना हुनुपर्दछ कि कसरी महेन्द्रसिंह धोनीको लगभग एक्लो प्रयासमा चेन्नई विजेता बन्न सफल भयो । उनले दुई बर्ष प्रतिबन्धित भएको टीमको आत्मबल उठाएर सबैलाई तर्साउने बनाइदिए । अन्तिम खेलमा चेन्नईका सेन वाट्सनले सनराइजर्स हैदराबादसंगको खेल एकतर्फी जस्तो बनाइदिए ।

फाइनलमा १७८ रनको लक्ष्य वाटसनको ११७ रनको मद्दतले १८.३ ओभरमा दुई विकेटको क्षतिमा नै पूरा भएको थियो ।

चेन्नईको टीममा यसपटक कप्तान धोनीको अलावा सुरेस रैना, फाफ डुप्लेसी,अम्बाती रायडू,मुरली विजय,साम विलिड. जस्ता बलर, केदार यादव, ड्वेन ब्राभो,जाडेजा र सन वाट्सन जस्ता अलराउण्डर र हरभजन सिंह र इमरान ताहिर जस्ता विकेट किपर छन् ।

MS Dhoni played all the ODIs against West Indies in the five-match series

अर्कोतिर विराट कोहलीको कप्तानीमा रहने रोयल च्यालेन्जर्स बैंगलोरमा एबी डेभिलियर्स,पार्थिव पटेल, मोइन अली, र शिमरोन हेत्मएरका शिवम् दुवे, वाशिड.टन सुन्दर, टीम साउथी, उमेश यादव, मोहम्मद सिराज र याजवेन्द्र चाहल जस्ता खेलाडी छन् ।

आईपीएलको उद्घाटन हुनु अगाडि नै चेन्नई सुपर किंग्सका तीव्र गतिका बलर दक्षिण अफ्रीकाका लुइंगी एनगिडी पिडौला फर्केर घाइते भएका छन् ।

अघिल्लो पटक चेन्नई सुपर किंग्सका अंबाती रायडू ने १६ खेलमा एक शतक और तीन अर्धशतक सहित ६०२ रन बनाएर सर्वाधिक रनमा चौथो स्थान हासिल गरेका थिए ।

उनके अलावा सेन वाटसन ने १५ खेलमा दुई शतक र दुई अर्धशतकको मद्दतले ५५५ रन बनाएर पाँचौ स्थान लिएका थिए ।

बलिड.मा अघिल्लो संस्करणमा रोयल च्यालेन्जर्स बैंगलोरका उमेश यादवले १४ खेलमा २० विकेट लिएर चौथो स्थान हासिल गरेका थिए । आईपीएलका यो संस्करणका सबै खेलहरु भारतमा नै खेलिने भएका छन् । लोकसभाको निर्वाचनको कारण दोस्रो चरणका खेलहरु विदेशमा खेलिने अनुमान गरिएको भए पनि बीसीसीआईले ढिलो गरि सबै खेल तालिका प्रकाशित गरेको छ । जसमा सबै खेल भारतक विभिन्न शहरमा खेलिने किटानी छ ।

आजदेखि सुरु हुने आईपीएल १२ मे सम्म चल्ने छ । यस पछि विश्वकप प्रतियोगिता हुनेछ । यस बर्षको विश्वकप ३० मे देखि १४ जुलाई सम्म बेलायतमा हुनेछ ।

अभ्यासमा निखारिदै छन् सन्दीप

Image may contain: 2 people, people smiling, people playing sports and outdoor

यसपटक पनि दिल्ली क्यापिटलबाट खेल्ने अवसर पाएका नेपाली खेलाडी सन्दीप बुधबार दिल्ली पुगेका छन् । दिल्ली पुगे लगत्तै कोट्ला रंगशालाको अभ्यासमा सरिक भएका सन्दीप दिल्ली क्यापिटलले दिएको डिनरमा पनि सरिक भए ।

उनको टोली भोलि आइतबार मुम्बई इण्डियनसंग हुने खेलको तयारीको लागि मुम्बई पुगिसकेको छ । मुम्बईमा पनि सन्दीप कस्सिएर अभ्यासमा लागेको दिल्ली क्यापिटल्सको फेसबुक पेजमा देखिन्छ ।

Image may contain: 1 person, playing a sport and outdoor

दिल्लीले उनलाई यसपटक राम्रोसंग मूल्यांकन गरेको देखिन्छ । उनलाई इन्दिरा गान्धी इन्टरनेशनल एअरपोर्टमा अवतरण गरेपछि टीमले पिक अप गर्दा लिएको अन्तरवार्ता पनि फेसबुकमा राखेको छ । पहिलो खेलमा नै खेल्ने ११ को टोलीमा दिल्लीले उनलाई स्थान दिन्छ कि दिंदैन त्यो भने आइतबार नभईकन थाहा हुने छैन ।

अन्तरवार्तामा उनले आफूले शतप्रतिशत ध्यान खेल जित्न लगाउने उल्लेख गर्दै यस पटक दिल्ली विजेता बन्न सक्ने विश्वास व्यक्त गरे । उनले आफू जहा भए पनि नेपाल र नेपालीको मान र शान उचो राख्ने बताए । हेर्नुहोस् उनको भिडियो जस्ताको तस्तै :

https://www.facebook.com/DelhiCapitalsOfficial/videos/379223342809019/

Share Now

Leave a comment.