जनकपुरधाम(धनुषा), १८ चैत्र । बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउने पीडित परिवारलाई प्रदेश नं. २ को सरकारले तीन लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ।
मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने जानकारी दिनुभएको छ।
सोमवार बिहान प्रदेश सरकारको बैठक बसेको थियो।
राहत र पुनर्वासका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरिएका राउतले बताउनुभयो।
उहाँका अनुसार उहाँसँग अन्तर्वार्ता गरेको बेलासम्म बारामा र पर्सामा गरी कुल ३१ जनाको ज्यान गएको छ।
दुवै जिल्लामा गरी छ सय जनाभन्दा बढी घाइते भएको गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
घाइतेहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश नं. २ को सरकारले विपत्को घडीमा सहयोग गर्न सङ्घीय सरकार, स्थानीय सरकार, विभिन्न दातृनिकाय, नागरिक समाज र व्यावसायीहरूलाई अनुरोध गरेको छ।