Prakash Adhikari April 1, 2019

 

भद्रपुर(झापा), १८ चैत्र । झापा र मोरड.को दुई दिने भ्रमणका क्रममा गृह जिल्ल झापा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर आईतबार आएको आँधी बेहरीले निम्त्याएको विनासमा उद्दार राहत कार्यलाई प्रभावकारी बनाउन स्थलगत निरीक्षणको लागि बारातर्फ प्रस्थान गर्नुभएको छ ।

आइतबार दमक आइपुग्नुभएका प्रधानमन्त्री ओली दोस्रो दिनको कार्यक्रम स्थगन गर्दै नेपाली सेनाको स्काइ ट्रकबाट हावाहुरी प्रभावित जिल्लातर्फ प्रस्थान गर्नुभएको छ।

गृह नगर दमकमा सोमबार बिहान दुईवटा कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओली सोमबार दिउँसो १२ः२० बजे भद्रपुर विमानस्थलबाट उड्नु भएको हो।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि प्रभावित जिल्लातर्फ प्रस्थान गर्नुभएको छ।

सोमबार दमकमा आयोजना गरिएका दुई वटा कार्यक्रमलाई छोट्याएर उहाँ राहत र उद्दारको निरीक्षण गर्न आँधी बेहरी प्रभावित बारा र पर्सातिर निस्कनुभएको हो ।

ती कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले औपचारीक कार्यक्रमभन्दा बारा र पर्सामा आइपरेको बिपत्तिमा पुग्नु महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले रातिनै प्रदेश २ का मुख्यमन्त्री, संघीय सरकारका गृहमन्त्री, सुरक्षा अधिकारीलगायतलाई टेलिफोन मार्फत राहत र उद्धारमा जुट्न निर्देशन दिइसकेको बताउनुभएको थियो।

उहाँले भुकम्पपछि राहत, उद्धार तथा पुनर्निर्माणमा देखिएको एकताको उदाहरण दिँदै विपत्तिको बेलामा सरकारका सबै संयन्त्र, राजनीतिक दलहरु र व्यवसायिक संघ संगठन तथा समाज सेवा संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

Share Now

Leave a comment.