काठमाडौं, १८ चैत्र । बारा र पर्सा जिल्लामा आईतबार साँझ आएको आँधी बेहरीमा परेर भवन,सवारी साधन र पर्खाल क्षतिग्रस्त हुँदा धाइते भएका ७ जनाको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।
घाइतेहरुलाई काठमाडौंबाट आज बिहान गएको नेपाली सेनाको स्काई ट्र्क विमानमा राखेर ल्याइएको हो ।
गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट््रकले सो उद्दार गरेको हो ।
अस्पतालका अनुसार मोम्हमद मियाँ, गीतादेवी पटेल, अमन पटेल, मुनाफ अन्सारी, कृष्ण पटेल र सुरेश पटेल र पर्साकी समिना खातुनको हाल शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ।
घाइतेमध्ये गीतादेवी पटेलको अवस्था गम्भीर रहे पनि अन्य घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ ।
आँधी बेहरीमा परेका अन्य घाइतेहरुको बाराको सदरमुकाम कलैया अस्पताल, वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल,हेल्थ केयर, वीरगञ्ज नेशनल मेडिकल कलेज र न्युरो अस्पताल उपचार भइरहेको छ।