Prakash Adhikari April 1, 2019

चण्डिगढ(पञ्जाब),१८ चैत्र । नेपाली स्टार सन्दीप लामिछानेले आफू आबद्ध दिल्ली क्यापिटल्सको चौथो खेलमा पनि स्थान बनाएका छन् ।

दिल्लीको खेलाडीहरुको १० औं नम्बरमा उनको नाम छ ।

आज सन्दीप आबद्ध दिल्ली किंग्स इलेभन पञ्चाबका विरुद्ध भिड्दै छ ।

चण्डिगढको मोहली क्रिकेट मैदानमा हुने खेलमा सन्दीपको दिल्लीले टस जितेर फिल्डिड. रोजेको छ ।

यसको अर्थ नेपाली बलर सन्दीपले पहिलो इनिड.मा नै मौका पाउने छन् ।

दिल्लीको कोट्ला क्रिकेट मैदानमा भएको आफ्नो टिमको तेस्रो खेलमा ४ओभरमा एक विकेट लिएर २९ रन दिएका सन्दीपको आजको खेलमा पनि संसारभरका क्रिकेटप्रेमीहरुले नजर लगाएका छन् ।

किनभने गत बर्ष इण्डियन प्रिमियर लिगको ११ औं संस्करणमा खेलेपछि उनले विश्वका चर्चित लिगहरुमा स्थान पाउदै आएका छन् । आफूले मौका पाएको ठाँउमा राम्रो प्रदर्शन पनि गरेका छन् ।

Delhi Capitals XI: 1 Prithvi Shaw, 2 Shikhar Dhawan, 3 Shreyas Iyer (capt), 4 Colin Ingram, 5 Rishabh Pant (wk), 6 Hanuma Vihari, 7 Chris Morris, 8 Harshal Patel, 9 Avesh Khan, 10 Sandeep Lamichhane, 11 Kagiso Rabada

KXIP XI: 1 KL Rahul, 2 Mayank Agarwal, 3 David Miller, 4 Sarfaraz Khan, 5 Mandeep Singh, 6 Sam Curran, 7 R Ashwin (capt), 8 Hardus Viljoen, 9 Mujeeb-Ur-Rahman, 10 M Ashwin, 11 Mohammed Shami

Share Now

Leave a comment.